• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   रोहितको सन्याससँगै को बन्ला भारतको नयाँ टी–२० कप्तान ? ★   प्रधानमन्त्री र मन्त्रीहरु फेर्नका लागि मात्रै दुई प्रमुख दल मिल्ने कुरा संर्किण: काँग्रेस सांसद ★   सत्ता समिकरण फेरबदलको चर्चाबारे गृहमन्त्री– हल्ला मात्रै हो, मलाई थाहा छैन ★   किसानलाई आत्मनिर्भर बनाउन पाँच हजार बिरुवा वितरण ★   म्याग्दीका किसान टिम्मुर खेतीतर्फ आकर्षित ★   न्यायिक प्रणालीको विकास, समयको आवश्यकता र औचित्यताका आधारमा बजेट वितरण भएको छ: अर्थमन्त्री पुन ★   पशुपति क्षेत्र विकास कोष कार्यकारी निर्देशकमा जोशी ★   प्रभु बैँक लि.र होटल हिमालय बिच विशेष छुट सम्झौता ★   कांग्रेस पदाधिकारी बैठक जारी ★   यी अभिनेताले ‘कल्की २८९८ एडी’मा पैसा नलिई काम गरेका थिए

बिहेको भोजमा रक्सी खाएर सुतेका तीन जनाको मृत्यु



पश्चिम रुकुम । बिहेको भोज खान पुगेका तीन जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका–१२, जुम्लावाङका अम्मर विकको घरको बिहेमा भोज र रक्सी खाएर सुतेका तीन जनाको आइतबार राती नै मृत्यु भएको हो ।

मृत्यु हुनेमा रुकुम मुसिकोट नगरपालिका–११, भलाक्चा लहुँका कमानसिङ सार्की ,सानी भेरी गाउँपालिका–९का खम्बु कामी, र मुसिकोट नगरपालिका–१२, नयाँ गाउँका पलबहादुर विकको मृत्यु भएको प्रहरीले जनाएको छ।

आइतबार बिहेको भोजमा खाना र मदिरा सेवन गरेर बिहे भएकै घरमा सुतेका उनीहरू सोमबार बिहान मृत अवस्थामा फेला परेको हुन् । विषाक्त रक्सी सेवन गरेका कारण उनीहरूको मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।

सोमबार बिहानै वडा अध्यक्ष प्रेम ओलीले घटनाबारे प्रहरीलाई खबर गरेका थिए। एउटै कोठामा सुतेका पाँच मध्ये तीन जनाको मृत्यु भएको हो। ती तीन जनाले सेवन गरेको रक्सी र अरू दुई जनाले सेवन गरेको रक्सी फरक फरक पाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।