१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रशासनको आडमा नक्कली नागरिकता बनाउने गिरोह प्रकाउ



अ+ अ-

धनुषा । प्रहरीले प्रशासनको आडमा नक्कली नागरिकता, राहदानीलगायतको किर्ते कागज बनाउने गिरोह पत्ता लगाएको छ ।

गएको बिहीबार जनकपुर उपमहानगरपालिका –२०, रुपैठाका ३१ वर्षीय रोशन चौधरीको डेरामा प्रहरीले खानतलासी गर्दा ठूलो परिमाणमा नक्कली नागरिकता, राहदानी, मृत्यु दर्ता, बसाइसराई प्रमाणपत्र तथा जिल्ला प्रशासनको छाप लगाएता सरकारी कागजात बरामद गरेको थियो ।

त्यसलगत्तै जिल्ला प्रशासन कार्यालय धनुषाका कार्यालय सहायक जनकपुर उपमहानगरपालिका–४, का ४२ वर्षका महावीर मण्डल, जनकपुर उपमहानगरपालिका –४,का हेमन्तकुमार पाण्डे र धनुषाको औरही गाउँपालिका –५ का वडा सदस्य गंगा साहलाई समेत पक्राउ गरिएर शुक्रबार सार्वजनिक गरेको थियो ।

उनीहरुलाई सार्वजनिक गरेको एकसाता नबित्दै उहि गिरोहका र नक्कली नागरिकता राहदानीलगायत बनाउनमा संलग्न रहेको आशंकामा जिल्ला प्रशासन कार्यालय धनुषाकै तीनजना कर्मचारी पक्राउ परेका छन् ।

आसंकाको आधारमा नायव सुब्बा भोला मण्डल, कार्यालय सहयोगी अरुणकुमार यादव र कार्यालय सहयोगी विरेन्द्र चौधरीलाई आइतबार पक्राउ गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले बताउनुभयो छ ।