• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo

नेपाली कांग्रेसले विधान मस्यौदालाई अन्तिम रुप दिने




काठमाडौँ । नेपाली कांग्रेसले विधान मस्यौदालाई अन्तिम रुप दिनेभएको छ । समितिले आज बोलाइएको बैठकमा मस्यौदालाई अन्तिम रुप दिंदै पेश गर्ने तयारी गरेको छ । मस्यौदा समितिले सभापतिसहित ९ पदाधिकारी राख्न सहमति जनाएपनि निर्वाचन पद्धतिबारे अझै सहमतिका सकेको छैन ।

बैठकमा राजनीतिक, आर्थिक र सांगठनिक प्रतिवेदनको छलफल चलिरहेपनि अरु विवादित विषयमा सहमति हुन सकेको छैन । बिबादित बिषयलाई टुङगोमा लैजान उपसभापति, महामन्त्री र सहमहामन्त्री २ २ जना राखेर सहमतिको प्रयास भइरहेको छ ।

पार्टी सभापति शेरबहादुर देउवा पक्षधरका नेताहरु निर्वाचित पदाधिकारीको संख्या बढाउने पक्षमा छैनन् । तर वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले भने सबै निर्वाचित हुनुपर्ने अडान राखेका छन् । यसले गर्दा दुर्इपक्षबीच मत भिन्नता कायमै रहेकाले मस्यौदालाई अन्तिम रुप दिन नसकेको बताईएको छ ।