• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

अपराध संहिता कार्यान्वयनका लागिसरकारी वकिल




बनियानी । भदौ १ गतेबाट लागू भएको अपराध संहिताको पूर्ण कार्यान्वयनका लागि सरकारी वकिलहरुको राष्ट्रिय भेला हुने भएको छ ।

नयाँ अपराध संहिताको कार्यान्वयन प्रभावकारी बनाउने उद्देश्यले यही पुस ८ गते काठमाडौँमा भेला आयोजना गर्न लागिएको झापाका जिल्ला न्यायाधिवक्ता केशवप्रसाद पन्तले जानकारी दिनुभयो । पुरानो मुलुकी ऐन विस्थापित गरी कार्यान्वयनमा ल्याइएको उक्त संहिताको कानुनी प्रावधानका कतिपय अस्पष्टता हटाउन भेला आयोजना हुन हुनलागेको हो । उहाँका अनुसार भेलामा २५ वटा कार्यपत्र प्रस्तुत हुनेछन् ।

“भेलाबाट सरकारी वकिलको क्षमता अभिवृद्धि हुने विश्वास छ,” न्यायाधिवक्ता पन्तले भन्नुभयो, “यसले वस्तुनिष्ठ न्याय सम्पादन गर्न सहज बनाउने छ ।” भेलामा देशभरका चारसय सरकारी वकिलका साथै ८० सरोकार निकायका पर्यपेक्षक सहभागी हुनेछन् । रासस