१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अपराध संहिता कार्यान्वयनका लागिसरकारी वकिल



अ+ अ-


बनियानी । भदौ १ गतेबाट लागू भएको अपराध संहिताको पूर्ण कार्यान्वयनका लागि सरकारी वकिलहरुको राष्ट्रिय भेला हुने भएको छ ।

नयाँ अपराध संहिताको कार्यान्वयन प्रभावकारी बनाउने उद्देश्यले यही पुस ८ गते काठमाडौँमा भेला आयोजना गर्न लागिएको झापाका जिल्ला न्यायाधिवक्ता केशवप्रसाद पन्तले जानकारी दिनुभयो । पुरानो मुलुकी ऐन विस्थापित गरी कार्यान्वयनमा ल्याइएको उक्त संहिताको कानुनी प्रावधानका कतिपय अस्पष्टता हटाउन भेला आयोजना हुन हुनलागेको हो । उहाँका अनुसार भेलामा २५ वटा कार्यपत्र प्रस्तुत हुनेछन् ।

“भेलाबाट सरकारी वकिलको क्षमता अभिवृद्धि हुने विश्वास छ,” न्यायाधिवक्ता पन्तले भन्नुभयो, “यसले वस्तुनिष्ठ न्याय सम्पादन गर्न सहज बनाउने छ ।” भेलामा देशभरका चारसय सरकारी वकिलका साथै ८० सरोकार निकायका पर्यपेक्षक सहभागी हुनेछन् । रासस