१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पैसा भन्दा अगाडि लाश फर्कियो



अ+ अ-

बेझाड । धन कमाउन विदेश जानुभएका चापाकोट नगरपालिका– ७ केवलघारीका ३८ वर्षका गणेश गैरेको शव दुई महीनापछि नेपाल भित्रिएको छ ।

आठ महीनाअघि उहाँ कतार जानुभएको थियो । कतारमा गाडी चालकको रुपमा काम गर्दै आउनुभएका गैरे गत कात्तिक २ गते गाडीभित्रै मृत अवस्थामा भेटिनुभएको मृतकका आफन्त शङ्कर पोखरेलले बताउनुभयो । कम्पनीले शव नेपाल ल्याउने प्रक्रियामा आलटाल गरेकाले गैरेको शव नेपाल ल्याउन ढिला भएको हो ।

सोमबार चापाकोट नगरपालिका– ७ को साँखरस्थित कालीगण्डकी किनारमा गैरेको दाहसंस्कार गरियो । कम्पनीले बिदाका समयमा गैरेको मृत्यु भएका कारण खर्चमा कुनै पनि सहयोग नगरेपछि शव नेपाल ल्याउन समस्या परेको आफन्तले जनाएका छन् । गैरेका श्रीमती, दुई छोरी र एक छोरा छन् । उनको निधनले गाउँ नै शोकमा डुबेको छ । रासस