• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

तस्करलाई रोक्दा प्रहरी नै कुटिए




वीरगन्ज । पर्साको सीमावर्ती नाकाबाट भारततर्फ इन्धन लगिरहेको समूहलाई नियन्त्रणमा लिँदा खोज्दा तस्कर र प्रहरी बिच झडप भएको छ ।

उक्त झडपमा एक प्रहरी सहायक निरीक्षक सहित चारजना प्रहरी घाइते भएका छन् ।
तस्कर र स्थानीयको कुटाईबाट पाँडेपुर चौकीका इन्चार्ज असई विष्णु देव यादव, प्रहरी हवल्दार प्रेम थापा, प्रहरी जवान अर्जुन चौधरी र पिडारीगुठीका असई जय किशुन महतो घाइते भएका छन् ।

आज बिहान ३ बजेको समयमा मोटरसाइकलमा तेल बोकेर पाँडेपुर हुँदै भारतको इनर्वाको देवीगन्जतर्फ लगिरहेका तस्कर समूहलाई नाकामा पर्ने ओरिया खोलामा गस्ती गरिरहेका प्रहरीले रोकेका थिए । प्रहरीले खानतलासी गर्न खोज्दा तस्करहरुले प्रहरीमाथि ढुङगा र लठ्ठि प्रहार गरेपछि झडप परेको थियो

झडपमा गम्भिर घाइते भएका प्रहरीको वीरगञ्जको एसएल न्यूरो एण्ड जनरल अस्पताल  र नारायणी उप-क्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक ढकालले बताए । झडपमा समान्य घाइते भएका प्रहरी सहायक निरीक्षक जय किशुन महतो स्थानीय स्वास्थ्य चौकी मै उपचार गराई फर्किएका छन् ।