२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

साइबर अपराधका विषयमा विद्यार्थी पढाउँदै प्रहरी



अ+ अ-

जाजरकोट । लागुपदार्थ प्रयाग गर्दाको बेफाइदा र साइबर अपराधका विषयमा यहाँका विद्यार्थीलाई पढाउन शुरु गरेको छ ।

समाजमा बढ्दै गएको लागुऔषध दुव्र्यसन तथा साइबर अपराध विरुद्ध युवा विद्यार्थीलाई सचेत गराउनका लागि कक्षा शुरु गरिएको जाजरकोटका प्रहरी नायब उपरीक्षक रवीन्द्रबहादुर सिंहले जानकारी दिनुभयो ।

कक्षा ४ देखि कक्षा १२ सम्मका विद्यार्थीलाई लागुपदार्थबाट हुने हानी र साइबार अपराधबाट हुने बेफाइदाका विषयमा उमेर अनुसारको पाठ्यक्रम बनाइ शिक्षित गराइएको सिंहले जानकारी गराउनुभयो ।

“जिल्लाका सबै विद्यालयमा पुगेर लागुऔषध दुव्र्यसनी, साइबर अपराध, सडक सुरक्षा, सामाजिक सुरक्षा लगायतका विषयमा प्रशिक्षण शुरु गरिएको छ”, उपरीक्षक सिंहले भन्नुभयो, “विद्यार्थीहरुलाई सचेतना जगाउने कार्य जिल्ला प्रहरी कार्यालयका प्रमुख र अधिकृत प्रहरीले सहजीकरण गरिएको छ ।”

समाजमा शान्ति सुरक्षा कायम गर्न, जनतासँग प्रहरीको साझेदारी बढाउन, विभिन्न अपराधका विरुद्ध जनतालाई सचेत बनाउन र युवामा बढ्दै गएको लागुऔषध दुव्र्यसनी तथा प्रविधिको गलत प्रयोगमार्फत बढ्दो साइबर अपराध नियन्त्रणका लागि सचेतनाले ठूलो भूमिका खेल्ने प्रहरी उपरीक्षक सिंंहको भनाइ छ ।

किशोर विद्यार्थीमा बढ्दै गएको प्रविधिको गलत प्रयोग तथा लागुऔषधको दुव्र्यसन र सडक असुरक्षाका कारण समाजमा अपराध र असुरक्षा बढिरहेकोले यसतर्फ सबै सचेत रहनुपर्ने शिव माध्यमिक विद्यालय कालेगाउँका प्रधानाध्यापक तिलकबहादुर खत्रीले बताउनुभयो ।

उहाँले प्रहरीको यस अभियानले समाजका किशोर तथा युवा उमेरका विद्यार्थीलाई सामाजिक विकृति र अपराधबाट टाढा राख्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । प्रहरीको यस्तो कार्यक्रमले अपराध न्यूनीकरणमा ठूलो सहयोग पुग्ने त्रिभुवन माध्यमिक विद्यालय कक्षा– ८ की छात्रा लक्ष्मी खत्रीले बताउनुभयो । उहाँले भन्नुभयो,“हामीलाई साइबर अपराधका विषयमा खासै जानकारी थिएन्, यो कार्यक्रममा धेरै ज्ञान आर्जन भयो, फेसबुकमा के लेख्ने र के नलेख्ने भन्ने विषयमा पनि थाहा भयो ।”

प्रहरीले स्थानीय सरकारसँग समन्वय गरेर जिल्लाका सबै निजी तथा सामुदायिक विद्यालयमा प्रशिक्षणका कार्यक्रम गरिरहेको उपरीक्षक सिंहले बताउनुभयो । रासस