५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पसलमा लागेको आगो महाकालीबाट पानी बोकेर निभाईयो



अ+ अ-

दार्चुला । महाकाली नगरपालिका–४ पुलघाटस्थित फेन्सी पसलमा आगलागी भएको छ । पदम बडालको बडाल कम्प्लेक्समा आगलागी हुँदा पसलभित्र रहेका सम्पूर्ण सामान जलेर नष्ट भएका हो । अहिलेसम्म आगलागीको कारण भने खुल्न सकेको छैन ।

खलंगा बजारमा भाडामा डेरा गरी बस्ने बडालको पसलबाट सल्केको आगो समयमै थाहा पाउँदा वरपरका पसल र घरमा क्षति हुनबाट भने जोगिएको छ ।

आगो सलकेको थाहा पाएपछि स्थानीय र सुरक्षाकर्मीहरुले महाकालीबाट पानी बोकेर आगो निभाएका थिए। नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय युवाहरुले डेढ घण्टा लागाएर लागो पूर्ण रुपमा नियन्त्रण लिईएको हो ।

आगोबाट तल्ले तलाको सामान जलेपनि पसलको माथिल्लो तलामा राखेको समान भने जोगिएको छ।