२४ मंसिर २०८२, बुधबार
,
Latest
एमालेको महाधिवेशनको उद्घाटन सत्रमा निम्तो दिन नेताहरू घरदैलोमा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा तीन हजार २९१ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने बोलेरो दुर्घटना हुँदा ११ जना घाइते मन्त्री सिन्हाद्वारा मानव अधिकारको संरक्षणका लागि सरकारलाई सहयोग गर्न आग्रह कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका विजेतालाई सम्मान महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेयर बजार फेरी ओरालोतर्फ



अ+ अ-


काठमाडौँ ।  धितोपत्र बजारमा आज शेयरको मूल्य ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक पाँच दशमलव ४६ बिन्दुले घटेर एक हजार १६२ दशमलव ७० बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव २६ बिन्दुले घटेर २४७ दशमलव ३३ बिन्दुमा पुगेको छ ।

कूल १५८ कम्पनीको १३ लाख दुई हजार ८२२ कित्ता शेयर रु ३८ करोड ७२ लाख ९२ हजार ९०८ मूल्यमा खरीद बिक्री भयो । स्टककाअनुसार आज कारोवार भएका कूल १० उपसमूहमध्ये चार उपसमूहको मात्रै बढेको छ । विकास बैंक १४ दशमलव ९७, फाइनान्स एक दशमलव ०३, निर्जीवन बीमा कम्पनी १७ दशमवल ६९ र उत्पादन उपसमूहका दुई दशमलव ३३ बिन्दुले बढ्यो ।

बैङ्किङ आठ दशमलव ६५, होटल पाँच दशमलव ५४, जलविद्युत् दुई दशमलव १३, अन्य शून्य दशमवल २४, लघुवित्त पाँच दशमलव ९३ र जीवन बीमा ३६ दशमवल ५६ बिन्दुले घटेको छ ।

स्टकका अनुसार कावेली विकास बैंक, विजय लघुवित्त, गरिमा विकास बैंक, नेपाल सेवा लघुवित्त र लुम्बिनी विकास बैंकका शेयधनीले आज कमाए भने नाङ्दी ग्रुप पावर, हिमालयन बैंक, एनएमबी माइक्रोफाइनान्स, आरएमडिसी लघुवित्त र मिर्मिरे लघुवित्त वित्तीय संस्थाको शेयरधनीले गुमाए । रासस