२४ जेष्ठ २०८३, आईतवार
,
Latest
परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेयर बजार फेरी ओरालोतर्फ



अ+ अ-


काठमाडौँ ।  धितोपत्र बजारमा आज शेयरको मूल्य ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक पाँच दशमलव ४६ बिन्दुले घटेर एक हजार १६२ दशमलव ७० बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव २६ बिन्दुले घटेर २४७ दशमलव ३३ बिन्दुमा पुगेको छ ।

कूल १५८ कम्पनीको १३ लाख दुई हजार ८२२ कित्ता शेयर रु ३८ करोड ७२ लाख ९२ हजार ९०८ मूल्यमा खरीद बिक्री भयो । स्टककाअनुसार आज कारोवार भएका कूल १० उपसमूहमध्ये चार उपसमूहको मात्रै बढेको छ । विकास बैंक १४ दशमलव ९७, फाइनान्स एक दशमलव ०३, निर्जीवन बीमा कम्पनी १७ दशमवल ६९ र उत्पादन उपसमूहका दुई दशमलव ३३ बिन्दुले बढ्यो ।

बैङ्किङ आठ दशमलव ६५, होटल पाँच दशमलव ५४, जलविद्युत् दुई दशमलव १३, अन्य शून्य दशमवल २४, लघुवित्त पाँच दशमलव ९३ र जीवन बीमा ३६ दशमवल ५६ बिन्दुले घटेको छ ।

स्टकका अनुसार कावेली विकास बैंक, विजय लघुवित्त, गरिमा विकास बैंक, नेपाल सेवा लघुवित्त र लुम्बिनी विकास बैंकका शेयधनीले आज कमाए भने नाङ्दी ग्रुप पावर, हिमालयन बैंक, एनएमबी माइक्रोफाइनान्स, आरएमडिसी लघुवित्त र मिर्मिरे लघुवित्त वित्तीय संस्थाको शेयरधनीले गुमाए । रासस