२५ मंसिर २०८२, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गल्ति भो भन्दै जनताको अगाडी झुके यि सांसद, फिर्ता गर्ने भए घर भाडा



अ+ अ-

काठमाडौँ । राजधानीमा घर हुँदाहुँदै झुक्काएर संसद् सचिवालयबाट भाडा बुझेका सांसदले भटाभट रकम फिर्ता गर्न थालेका छन् । बुधबारसम्म १२ जना संसदले घर भाडा फिर्ता गरेको सचिवालयले जनाएको छ।

संसद् सचिवालयका अनुसार बुधबार भाडा फर्काउनेमा नेकपाका पार्वत गुरुङ पम्फा भुसाल, दलबहादुर रानाले आफुले लिएको रकम फिर्ता गरेका हुन् ।

काठमाडौंमा घर भएपनि घर छैन भनेर घर भाडा लिएको समाचार आएपछि कांग्रेसका कर्मा घले,नारायण खड्का, भीमसेनदास प्रधान, उमेश श्रेष्ठ, बहादुरसिंह तामाङ, दिव्यमणि राजभण्डारीले यसअघि नै फिर्ता गर्ने बचन दिसकेका थिए ।

नेकपाका योगेश भट्टराई, यज्ञबहादुर सुनुवार र कांग्रेसका अमरेशकुमार सिंहले आफुले लिएको भाडा तलबबाट कट्न यस अगि नै सचिवालयलाई पत्र बुझाएका हुन् । उनीहरू सबैले सचिवालयको गल्तीले घर भाडा आफ्नो बैंक खातामा आएको दाबी गरेका छन् ।