२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

गल्ति भो भन्दै जनताको अगाडी झुके यि सांसद, फिर्ता गर्ने भए घर भाडा



अ+ अ-

काठमाडौँ । राजधानीमा घर हुँदाहुँदै झुक्काएर संसद् सचिवालयबाट भाडा बुझेका सांसदले भटाभट रकम फिर्ता गर्न थालेका छन् । बुधबारसम्म १२ जना संसदले घर भाडा फिर्ता गरेको सचिवालयले जनाएको छ।

संसद् सचिवालयका अनुसार बुधबार भाडा फर्काउनेमा नेकपाका पार्वत गुरुङ पम्फा भुसाल, दलबहादुर रानाले आफुले लिएको रकम फिर्ता गरेका हुन् ।

काठमाडौंमा घर भएपनि घर छैन भनेर घर भाडा लिएको समाचार आएपछि कांग्रेसका कर्मा घले,नारायण खड्का, भीमसेनदास प्रधान, उमेश श्रेष्ठ, बहादुरसिंह तामाङ, दिव्यमणि राजभण्डारीले यसअघि नै फिर्ता गर्ने बचन दिसकेका थिए ।

नेकपाका योगेश भट्टराई, यज्ञबहादुर सुनुवार र कांग्रेसका अमरेशकुमार सिंहले आफुले लिएको भाडा तलबबाट कट्न यस अगि नै सचिवालयलाई पत्र बुझाएका हुन् । उनीहरू सबैले सचिवालयको गल्तीले घर भाडा आफ्नो बैंक खातामा आएको दाबी गरेका छन् ।