१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

‘नवलपुरको पहाडी भेगमा विकासको मुल फुट्यो’

‘नवलपुरको पहाडी भेगमा विकासको मुल फुट्यो’
अ अ+ अ-

बुलिङटार । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल मंगलबार दिनभर नवलपुरको बुलिङटार गाउँपालिका बासिन्दाको गुनासो सुन्न व्यस्त रहे । 

कालीगण्डकीको किनारमा रहे पनि विकासमा निकै पछि परेको बुलिङटारमा कतिपय गाउँमा अहिले पनि बिजुली पुगेको छैन । खानेपानी र सिँचाइको पनि उस्तै समस्या छ । सदरमुकाम कावासोती पुग्न पनि निकै कष्ट झेल्नुपर्छ ।

मुख्यमन्त्री पोखरेल मंगलबार बुलिङटारका ५ वटा कार्यक्रममा सहभागी भए । बिहान विपी स्मृति भवन शिलान्यास गरेका उनी बुलिङटार गाउँपालिकामा ३ चन्टारमा आयोजित १४ औं राष्ट्रिपति रनिङ सिल्ड छनोप्रतियोगिता उद्घाटन, त्रिभुवन माविका संस्थापक दामोदर बस्ताकोटीको शालिक अनावरण, ११२ औं अन्तर्राष्ट्रिय महिला दिवशको संयुक्त कार्यक्रममा सहभागी भए । मुख्यमन्त्रीले बुलिङटार गाउँपालिका वडा नम्बर १ को वडा कार्यालय पनि मंगलबारै उद्घाटन गरेका छन् । 

मुख्यमन्त्री पोखरेलले गण्डकी सरकार नवलपुरको पहाडी भेगको विकासका लागि प्रतिबद्ध रहेको भनाइ राखे । कालीगण्डकी करिडोरको निर्माण धमाधम भइरहेको र अब दक्षिणी भेग जोड्ने सडकको निर्माण पनि सुरु भइसकेको मुख्यमन्त्री पोखरेलले बताए । उनले भने, ‘विगतमा के भए छाडिदिनुस्, अब नवलपुरको पहाडी भेगमा विकासको मुल फुटेको छ, तपाईंहरु ढुक्क हुनुहोस ।’ बिजुली नपुगेका बुलिङटारका गाउँमा विद्युतीकरणका लागि ठेक्का लागिसकेको भन्दै उनले केही महिनामा सबै घरमा केन्द्रीय प्रशारणको बिजुली बल्ने ठोकुवा उनले गरे । कालीगण्डकीको पानी प्रयोग गरेर बुलिङटारको फाँटमा अब छिटै नै सिँचाइ सुविधा पु¥याइने उनले बताए ।  

बुलिङटार मात्र नभइ नवलपुरको पहाडी भेगको भौतिक पूर्वाधार विकास र शैक्षिक, राजनीतिक एवं सामाजिक क्षेत्रमा दामोदर बस्ताकोटीको योगदान अतुलनीय रहेको भनाइ मुख्यमन्त्रीको थियो । 
अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा उनले नेपालको संविधानले महिला हकका बारेमा धेरै विषय उल्लेख गरे पनि अब ती प्रावधानलाई कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए । 

कार्यक्रममा नेपाली कांग्रेस गण्डकीका महासचिव विष्णुप्रसाद लामिछाने, कांग्रेस नवलपुरका नवनिर्वाचित सभापति महेन्द्रध्वज जिसी, प्रदेश सभामा नेपाली कांग्रेसका प्रमुख सचेतक ओमकला गौतमले शुभकामना व्यक्त गरे । 
उक्त अवसरमा जिल्ला समन्वय समिति संयोजक चेसराम आलेले प्रसस्त सम्भावना भएर पनि बुलिङटार विकासमा पछि परेको भन्दै मुख्यमन्त्रीको ध्यानाकर्षण गराए । भारतीय दूतावासले निर्माण गरिदिएको भवनको केही रकम ठेकेदारलाई दिन बाँकी रहेको भन्दै यसका लागि पनि छिटै निकास निकाल्न उनले आग्रह गरे । 

बुलिङटार गाउँपालिका अध्यक्ष शशिकिरण बस्ताकोटीले गएको बर्खामा बुलिङटार र जरायोटार सिँचाइ आयोजनामा क्षति पुगेको र तुरुन्त मर्मत नगरे बर्खे खेती गर्न सक्ने अवस्था नरहेको भन्दै ध्यानाकर्षण गराए । बुलिङटार महिला सञ्जालका अध्यक्ष सुनिता विकले मुलुकमा राजनीतिक परिवर्तन भए पनि महिलामाथि हुने हिंसा झनै बढेको गुनासो गरिन् । 

त्रिभुवन माविका प्रधानाध्यापक शम्भु बस्ताकोटीले धेरै चुनौती झेल्दै विद्यालय यो अवस्थामा आएको बताए ।  मुख्यमन्त्री पोखरेलले मंगलबार न बुलिङटार गाउँपालिकामा विपी स्मृति भवन शिलान्यास गरेका छन् । स्थानीय रुकादेवी गौतम परिवारले प्रदान गरेको ४ आना जग्गामा प्रदेश सरकारको लगानीमा उक्त भवन बन्न लागेको हो ।