२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाउन्ने डाँडाबाट सेनाको सुरक्षा हटाइयो



अ+ अ-

नवलपरासी । पूर्वी नवलपरासीको दाउन्ने डाँडा द्वन्द्वकालमा दाउन्नेमा रहेको रिपिटर टावरको सुरक्षाका लागि खटिएको नेपाली सेना शान्ति सुरक्षाको कुनै जोखिम नभएको भन्दै हटाइएको छ ।

जिल्ला सुरक्षा समिति नवलपरासी ९बर्दघाट सुस्ता पूर्व० को निर्णयअनुसार नेपाली सेनाले आफ्नो जिम्मेवारी बरबुजारत गरी दाउन्नेबाट बाहिरिएको हो । हाल देशमा शान्ति सुरक्षा कायम भएको र त्यहाँ उपलब्ध जनशक्ति टावरको सुरक्षाका लागि पर्याप्त रहेको भन्दै बर्दघाट सुस्ता पूर्वका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालको अध्यक्षतामा बसेको तीनवटै सुरक्षा निकायका प्रमुखसहितको बैठकले दाउन्ने डाँडामा रहेको नेपाली सेनालाई हटाउने निर्णय गरेको थियो ।

हाल प्रदेश नम्बर ४ अन्तर्गत बर्दघाट सुस्तापूर्वको विनयी त्रिवेणी गाउँपालिका–२ मा पर्ने दाउन्ने डाँडामा नेपाल टेलिकमका चार जना, रेडियो नेपालका चार जना, सशस्त्र प्रहरी बलका दुई जना र जनपथ प्रहरीका दुई जना रिपिटर टावर सुरक्षार्थ खटिँदै आएका छन् ।

हाल रेडियो नेपाल, नेपाल टेलिभिजन र नेपाल टेलिकमका कर्मचारीसँगै त्यहाँस्थित जनपथ प्रहरी र सशस्त्र प्रहरी पर्याप्त रहेको उल्लेख गर्दै जिल्ला सुरक्षा समितिको बैठकले नेपाली सेना हटाउने निर्णय गरेको थियो । रासस