२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाउन्ने डाँडाबाट सेनाको सुरक्षा हटाइयो



अ+ अ-

नवलपरासी । पूर्वी नवलपरासीको दाउन्ने डाँडा द्वन्द्वकालमा दाउन्नेमा रहेको रिपिटर टावरको सुरक्षाका लागि खटिएको नेपाली सेना शान्ति सुरक्षाको कुनै जोखिम नभएको भन्दै हटाइएको छ ।

जिल्ला सुरक्षा समिति नवलपरासी ९बर्दघाट सुस्ता पूर्व० को निर्णयअनुसार नेपाली सेनाले आफ्नो जिम्मेवारी बरबुजारत गरी दाउन्नेबाट बाहिरिएको हो । हाल देशमा शान्ति सुरक्षा कायम भएको र त्यहाँ उपलब्ध जनशक्ति टावरको सुरक्षाका लागि पर्याप्त रहेको भन्दै बर्दघाट सुस्ता पूर्वका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालको अध्यक्षतामा बसेको तीनवटै सुरक्षा निकायका प्रमुखसहितको बैठकले दाउन्ने डाँडामा रहेको नेपाली सेनालाई हटाउने निर्णय गरेको थियो ।

हाल प्रदेश नम्बर ४ अन्तर्गत बर्दघाट सुस्तापूर्वको विनयी त्रिवेणी गाउँपालिका–२ मा पर्ने दाउन्ने डाँडामा नेपाल टेलिकमका चार जना, रेडियो नेपालका चार जना, सशस्त्र प्रहरी बलका दुई जना र जनपथ प्रहरीका दुई जना रिपिटर टावर सुरक्षार्थ खटिँदै आएका छन् ।

हाल रेडियो नेपाल, नेपाल टेलिभिजन र नेपाल टेलिकमका कर्मचारीसँगै त्यहाँस्थित जनपथ प्रहरी र सशस्त्र प्रहरी पर्याप्त रहेको उल्लेख गर्दै जिल्ला सुरक्षा समितिको बैठकले नेपाली सेना हटाउने निर्णय गरेको थियो । रासस