४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो

नेपाल–भारत जोड्ने झोलुङ्गे पुल निर्माण

नेपाल–भारत जोड्ने झोलुङ्गे पुल निर्माण
अ+ अ-

दार्चुला ।  लेकम गाउँपालिका–३ लालीमा निर्माण भएको नेपाल–भारत जोड्ने झोलुङ्गे पुल निर्माणको काम पूरा भएको छ ।

भारतसँग सीमा जोडिएको लेकम गाउँपालिकाको लालीमा सञ्चालन हुने ट्युब विस्थापनअन्तर्गत निर्माण भइरहेको झोलुङ्गे पुल निर्माणको काम पूरा भएको हो । पुल निर्माणको औपचारिक रुपमा सम्पन्न भएको घोषणा गर्न मात्रै बाँकी रहेको निर्माण कम्पनी मनोमालिका कन्सटक्र्सनका प्रतिनिधि दीपक साउँदले बताउनुभयो । पुलको प्राविधिक रुपमा स्वीकृत गरेपछि झोलुङ्गे पुलबाट आवतजावत गर्न दिइनेछ ।पुल निर्माणको प्राविधिक मूल्याङ्कन गर्न यही दुई तीन दिनभित्र प्राविधिक टोली लाली आउने कार्यक्रम रहेको साउँदले बताउनुभयो । पहिलोपटक केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला २०७२ साल असोज २५ गते देशभरका तुइन दुई वर्षभित्र हटाउने घोषणा गर्नुभएको थियो । उक्त घोषणमा दार्चुलाको लेकम क्षेत्रमा सञ्चालन रहेको ट्युब तथा उत्तरी क्षेत्रमा सञ्चालनमा रहेका तुइन विस्थापन गर्ने लक्ष्य राखिएको थियो ।

लेकम गाउँपालिकालाई भारतसँग जोड्ने झोलुङ्गे पुल निर्माणको लागि ०७३ असोज ४ गते कूल रु एक करोड ३२ लाख लागतमा सम्झौता भएको थियो । ढिलै भए पनि पुल निर्माणपछि स्थानीयवासी हर्षित भएका छन् । वर्षौंदेखि महाकाली नदीमाथि ट्युबको सहारामा आवतजावत गर्दै आएका स्थानीयवासीलाई पुल निर्माणले सहज भएको सीमा प्रहरी चौकी लालीका निमित्त इञ्चार्ज गणेश बुडालले बताउनुभयो ।

पुल निर्माण करीब सकिएको छ, बुडालले भन्नुभयो, “दुवैतिर ढोका बन्द गरेर राखेका छौँ । अहिले पुलमा आवतजावत गर्न दिएका छैनौँ । प्राविधिक रुपमा मूल्याङ्कन नगरिएको कारण पुलबाट स्थानीयवासीलाई आवतजावत गर्न नदिइएको हो ।

पुल निर्माणपछि लेकम गाउँपालिका वडा नम्बर १, २, ३, ४, र ५ का स्थानीयवासीलाई आवतजावतमा सहज हुने लेकम गाउँपालिका स्थानीयवासी गणेश भण्डारीले बताउनुभयो । २०४८ सालमै लालीमा नेपाल भारत जोड्ने झोलुङ्गे पुल निर्माण हुन्छ भनेर सुनेका स्थानीयवासीले झण्डै ३० वर्षपछि झोलुङ्गे पुल पाएका हुन् ।

पुल नहुँदा यहाँका स्थानीयवासीले ट्युबको सहारामा दैनिक उपभोग्य सामग्री ल्याउनुपरेको थियो । लेकम क्षेत्रलाई जोड्ने नेपालतिरको निर्माणाधीन महाकाली करिडोरले गति लिएको छैन । लालीको झोलुङ्गे पुल निर्माणपछि लेकम क्षेत्रको व्यापारिक नाकाको रुपमा यो क्षेत्र विकास हुने गाउँपालिका अध्यक्ष प्रमानन्द जोशीले बताउनुभयो । लेकम क्षेत्रको लाली उर्बर भूमि भएको क्षेत्र हो । सडक पहुँच नहुँदा यहाँ उब्जनी हुने धान दाल अन्न बिक्री गर्न समस्या हुने गरेको थियो ।

सुरक्षा चुनौती

नेपाल भारत जोड्ने झोलुङ्गे पुल निर्माणपछि पुलको सुरक्षा तथा सामान जाँच गर्न समस्या उत्पन्न भएको छ । दुई देश जोड्ने महाकाली नदीमाथि निर्माण भएको पुलको सुरक्षा तथा पुलबाट आयात निर्यात हुने सामानको जाँचको लागि समस्या भएको हो ।

भारतीय पक्षले पुल निर्माणसँगै सुरक्षाकर्मी बस्ने भवन निर्माण गरेको छ । पुल सँगसँगै स्थानीय मानसिह भाटको जमीन भाडामा लगेर भवन निर्माण गरेको हो । पुल छेउमै एसएसबी राख्नको लागि भवन निर्माण गरेको छ । यता नेपालतिर भने प्रहरीको लागि प्रहरी बिटसमेत बनाउन समस्या भएको सीमा प्रहरी चौकी लालीका निमित्त इञ्चार्ज गणेश बुडालले बताउनुभयो ।

“अहिलेको सीमा चौकीबाट १०/१५ मिनेट लगाएर झोलुङ्गे पुल पुग्नुपर्छ । अहिलेलाई बिहानदेखि बेलुकीसम्म ड्युटी खटाउने गरिएको छ” उहाँले भन्नुभयो, “पुलमा नियमित आवतजावत गरेपछि रातिको समयमा खोल्नुपरे समस्या हुन्छ ।” छिमेकी भारतमा पक्की संरचनामा भवन निर्माण भइसकेको छ, हामीतिर भवन त परै जाओस् प्रहरी बस्न पोष्टसमेत निर्माण गरिएको छैन । पुल निर्माण गर्ने निर्माण व्यवसायीलाई भन्दा घाटा भइसकेको छ भनेर पन्छिने गरेको छ । गाउँपालिकाले पनि अहिलेसम्म सहयोग नगरेको बुडालको भनाइ छ ।

उक्त ठाउँमा प्रहरी बिट राख्न र भन्सार स्थापनाको लागि गाउँपालिकाले पहल गरे पनि निर्णय भइनसकेको गाउँपालिका अध्यक्ष प्रमानन्द जोशी बताउनुहुन्छ । प्रहरी पोष्ट राख्न स्वीकृतपछि भन्सार पनि चाहिन्छ, उहाँले भन्नुभयो, “भन्सार बिना भारतीय सामान ल्याउन स्थानीयवासीलाई समस्या हुन्छ । लेकम र मालिकार्जुनको ठूलो क्षेत्रका नागरिक यही पुल भएर आवतजावत गर्छन् ।” विगतमा छोटी भन्सार कार्यालय रहेको यस क्षेत्रमा भन्सार पुर्नबहाली गर्न गाउँ कार्यपालिका बैठकले निर्णय गरी माग भइसकेको अध्यक्ष जोशी बताउनुहुन्छ । लेकम गाउँपालिका–३ लालीमा निर्माण भएको नेपाल-भारत जोड्ने झोलुङ्गे पुल निर्माणको काम पूरा भएको छ ।

भारतसँग सीमा जोडिएको लेकम गाउँपालिकाको लालीमा सञ्चालन हुने ट्युब विस्थापनअन्तर्गत निर्माण भइरहेको झोलुङ्गे पुल निर्माणको काम पूरा भएको हो । पुल निर्माणको औपचारिक रुपमा सम्पन्न भएको घोषणा गर्न मात्रै बाँकी रहेको निर्माण कम्पनी मनोमालिका कन्सटक्र्सनका प्रतिनिधि दीपक साउँदले बताउनुभयो । पुलको प्राविधिक रुपमा स्वीकृत गरेपछि झोलुङ्गे पुलबाट आवतजावत गर्न दिइनेछ ।

पुल निर्माणको प्राविधिक मूल्याङ्कन गर्न यही दुई तीन दिनभित्र प्राविधिक टोली लाली आउने कार्यक्रम रहेको साउँदले बताउनुभयो । पहिलोपटक केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला २०७२ साल असोज २५ गते देशभरका तुइन दुई वर्षभित्र हटाउने घोषणा गर्नुभएको थियो । उक्त घोषणमा दार्चुलाको लेकम क्षेत्रमा सञ्चालन रहेको ट्युब तथा उत्तरी क्षेत्रमा सञ्चालनमा रहेका तुइन विस्थापन गर्ने लक्ष्य राखिएको थियो ।

लेकम गाउँपालिकालाई भारतसँग जोड्ने झोलुङ्गे पुल निर्माणको लागि ०७३ असोज ४ गते कूल रु एक करोड ३२ लाख लागतमा सम्झौता भएको थियो । ढिलै भए पनि पुल निर्माणपछि स्थानीयवासी हर्षित भएका छन् । वर्षौंदेखि महाकाली नदीमाथि ट्युबको सहारामा आवतजावत गर्दै आएका स्थानीयवासीलाई पुल निर्माणले सहज भएको सीमा प्रहरी चौकी लालीका निमित्त इञ्चार्ज गणेश बुडालले बताउनुभयो ।

पुल निर्माण करीब सकिएको छ, बुडालले भन्नुभयो, “दुवैतिर ढोका बन्द गरेर राखेका छौँ । अहिले पुलमा आवतजावत गर्न दिएका छैनौँ । प्राविधिक रुपमा मूल्याङ्कन नगरिएको कारण पुलबाट स्थानीयवासीलाई आवतजावत गर्न नदिइएको हो ।

पुल निर्माणपछि लेकम गाउँपालिका वडा नम्बर १, २, ३, ४, र ५ का स्थानीयवासीलाई आवतजावतमा सहज हुने लेकम गाउँपालिका स्थानीयवासी गणेश भण्डारीले बताउनुभयो । २०४८ सालमै लालीमा नेपाल भारत जोड्ने झोलुङ्गे पुल निर्माण हुन्छ भनेर सुनेका स्थानीयवासीले झण्डै ३० वर्षपछि झोलुङ्गे पुल पाएका हुन् ।  रासस