३० कार्तिक २०८१, शुक्रबार
,
Latest
भुतमेला हेर्न धनुषाको कमला नदीमा भीड बङ्गलादेश विद्युत् निर्यात नेपालका लागि ऐतिहासिक उपलब्धि: मन्त्री खड्का स्थानीय तह उपनिर्वाचन निष्पक्ष र स्वतन्त्र ढंगले सम्पन्न गर्न सरकार प्रतिवद्ध छः गृहमन्त्री लेखक रारा विमानस्थलमा नियमित उडान नहुँदा मुगुवासी समस्यामा हेटौँडा सिमेन्ट उद्योगमा सिमेन्ट उत्पादन गर्न अझै डेढमहिना लाग्ने उपनिर्वाचनमा कसैप्रति आग्रहरपूर्वाग्रहको अवस्था बन्न दिनु हुँदैनः महामन्त्री शर्मा शंकर पोखरेलको दाबीः जनताले प्रमुख दलहरुबाट नै मुलुक सुधारको अपेक्षा गरेका छन् अतिक्रमित संरचना हटाउने क्रममा अवरोध गरेपछि सुमन सायमिसहित ४ जना पक्राउ ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार एमाले जनताको रोजाइको पार्टी – महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल–भारत जोड्ने झोलुङ्गे पुल निर्माण



अ+ अ-

दार्चुला ।  लेकम गाउँपालिका–३ लालीमा निर्माण भएको नेपाल–भारत जोड्ने झोलुङ्गे पुल निर्माणको काम पूरा भएको छ ।

भारतसँग सीमा जोडिएको लेकम गाउँपालिकाको लालीमा सञ्चालन हुने ट्युब विस्थापनअन्तर्गत निर्माण भइरहेको झोलुङ्गे पुल निर्माणको काम पूरा भएको हो । पुल निर्माणको औपचारिक रुपमा सम्पन्न भएको घोषणा गर्न मात्रै बाँकी रहेको निर्माण कम्पनी मनोमालिका कन्सटक्र्सनका प्रतिनिधि दीपक साउँदले बताउनुभयो । पुलको प्राविधिक रुपमा स्वीकृत गरेपछि झोलुङ्गे पुलबाट आवतजावत गर्न दिइनेछ ।पुल निर्माणको प्राविधिक मूल्याङ्कन गर्न यही दुई तीन दिनभित्र प्राविधिक टोली लाली आउने कार्यक्रम रहेको साउँदले बताउनुभयो । पहिलोपटक केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला २०७२ साल असोज २५ गते देशभरका तुइन दुई वर्षभित्र हटाउने घोषणा गर्नुभएको थियो । उक्त घोषणमा दार्चुलाको लेकम क्षेत्रमा सञ्चालन रहेको ट्युब तथा उत्तरी क्षेत्रमा सञ्चालनमा रहेका तुइन विस्थापन गर्ने लक्ष्य राखिएको थियो ।

लेकम गाउँपालिकालाई भारतसँग जोड्ने झोलुङ्गे पुल निर्माणको लागि ०७३ असोज ४ गते कूल रु एक करोड ३२ लाख लागतमा सम्झौता भएको थियो । ढिलै भए पनि पुल निर्माणपछि स्थानीयवासी हर्षित भएका छन् । वर्षौंदेखि महाकाली नदीमाथि ट्युबको सहारामा आवतजावत गर्दै आएका स्थानीयवासीलाई पुल निर्माणले सहज भएको सीमा प्रहरी चौकी लालीका निमित्त इञ्चार्ज गणेश बुडालले बताउनुभयो ।

पुल निर्माण करीब सकिएको छ, बुडालले भन्नुभयो, “दुवैतिर ढोका बन्द गरेर राखेका छौँ । अहिले पुलमा आवतजावत गर्न दिएका छैनौँ । प्राविधिक रुपमा मूल्याङ्कन नगरिएको कारण पुलबाट स्थानीयवासीलाई आवतजावत गर्न नदिइएको हो ।

पुल निर्माणपछि लेकम गाउँपालिका वडा नम्बर १, २, ३, ४, र ५ का स्थानीयवासीलाई आवतजावतमा सहज हुने लेकम गाउँपालिका स्थानीयवासी गणेश भण्डारीले बताउनुभयो । २०४८ सालमै लालीमा नेपाल भारत जोड्ने झोलुङ्गे पुल निर्माण हुन्छ भनेर सुनेका स्थानीयवासीले झण्डै ३० वर्षपछि झोलुङ्गे पुल पाएका हुन् ।

पुल नहुँदा यहाँका स्थानीयवासीले ट्युबको सहारामा दैनिक उपभोग्य सामग्री ल्याउनुपरेको थियो । लेकम क्षेत्रलाई जोड्ने नेपालतिरको निर्माणाधीन महाकाली करिडोरले गति लिएको छैन । लालीको झोलुङ्गे पुल निर्माणपछि लेकम क्षेत्रको व्यापारिक नाकाको रुपमा यो क्षेत्र विकास हुने गाउँपालिका अध्यक्ष प्रमानन्द जोशीले बताउनुभयो । लेकम क्षेत्रको लाली उर्बर भूमि भएको क्षेत्र हो । सडक पहुँच नहुँदा यहाँ उब्जनी हुने धान दाल अन्न बिक्री गर्न समस्या हुने गरेको थियो ।

सुरक्षा चुनौती

नेपाल भारत जोड्ने झोलुङ्गे पुल निर्माणपछि पुलको सुरक्षा तथा सामान जाँच गर्न समस्या उत्पन्न भएको छ । दुई देश जोड्ने महाकाली नदीमाथि निर्माण भएको पुलको सुरक्षा तथा पुलबाट आयात निर्यात हुने सामानको जाँचको लागि समस्या भएको हो ।

भारतीय पक्षले पुल निर्माणसँगै सुरक्षाकर्मी बस्ने भवन निर्माण गरेको छ । पुल सँगसँगै स्थानीय मानसिह भाटको जमीन भाडामा लगेर भवन निर्माण गरेको हो । पुल छेउमै एसएसबी राख्नको लागि भवन निर्माण गरेको छ । यता नेपालतिर भने प्रहरीको लागि प्रहरी बिटसमेत बनाउन समस्या भएको सीमा प्रहरी चौकी लालीका निमित्त इञ्चार्ज गणेश बुडालले बताउनुभयो ।

“अहिलेको सीमा चौकीबाट १०/१५ मिनेट लगाएर झोलुङ्गे पुल पुग्नुपर्छ । अहिलेलाई बिहानदेखि बेलुकीसम्म ड्युटी खटाउने गरिएको छ” उहाँले भन्नुभयो, “पुलमा नियमित आवतजावत गरेपछि रातिको समयमा खोल्नुपरे समस्या हुन्छ ।” छिमेकी भारतमा पक्की संरचनामा भवन निर्माण भइसकेको छ, हामीतिर भवन त परै जाओस् प्रहरी बस्न पोष्टसमेत निर्माण गरिएको छैन । पुल निर्माण गर्ने निर्माण व्यवसायीलाई भन्दा घाटा भइसकेको छ भनेर पन्छिने गरेको छ । गाउँपालिकाले पनि अहिलेसम्म सहयोग नगरेको बुडालको भनाइ छ ।

उक्त ठाउँमा प्रहरी बिट राख्न र भन्सार स्थापनाको लागि गाउँपालिकाले पहल गरे पनि निर्णय भइनसकेको गाउँपालिका अध्यक्ष प्रमानन्द जोशी बताउनुहुन्छ । प्रहरी पोष्ट राख्न स्वीकृतपछि भन्सार पनि चाहिन्छ, उहाँले भन्नुभयो, “भन्सार बिना भारतीय सामान ल्याउन स्थानीयवासीलाई समस्या हुन्छ । लेकम र मालिकार्जुनको ठूलो क्षेत्रका नागरिक यही पुल भएर आवतजावत गर्छन् ।” विगतमा छोटी भन्सार कार्यालय रहेको यस क्षेत्रमा भन्सार पुर्नबहाली गर्न गाउँ कार्यपालिका बैठकले निर्णय गरी माग भइसकेको अध्यक्ष जोशी बताउनुहुन्छ । लेकम गाउँपालिका–३ लालीमा निर्माण भएको नेपाल-भारत जोड्ने झोलुङ्गे पुल निर्माणको काम पूरा भएको छ ।

भारतसँग सीमा जोडिएको लेकम गाउँपालिकाको लालीमा सञ्चालन हुने ट्युब विस्थापनअन्तर्गत निर्माण भइरहेको झोलुङ्गे पुल निर्माणको काम पूरा भएको हो । पुल निर्माणको औपचारिक रुपमा सम्पन्न भएको घोषणा गर्न मात्रै बाँकी रहेको निर्माण कम्पनी मनोमालिका कन्सटक्र्सनका प्रतिनिधि दीपक साउँदले बताउनुभयो । पुलको प्राविधिक रुपमा स्वीकृत गरेपछि झोलुङ्गे पुलबाट आवतजावत गर्न दिइनेछ ।

पुल निर्माणको प्राविधिक मूल्याङ्कन गर्न यही दुई तीन दिनभित्र प्राविधिक टोली लाली आउने कार्यक्रम रहेको साउँदले बताउनुभयो । पहिलोपटक केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला २०७२ साल असोज २५ गते देशभरका तुइन दुई वर्षभित्र हटाउने घोषणा गर्नुभएको थियो । उक्त घोषणमा दार्चुलाको लेकम क्षेत्रमा सञ्चालन रहेको ट्युब तथा उत्तरी क्षेत्रमा सञ्चालनमा रहेका तुइन विस्थापन गर्ने लक्ष्य राखिएको थियो ।

लेकम गाउँपालिकालाई भारतसँग जोड्ने झोलुङ्गे पुल निर्माणको लागि ०७३ असोज ४ गते कूल रु एक करोड ३२ लाख लागतमा सम्झौता भएको थियो । ढिलै भए पनि पुल निर्माणपछि स्थानीयवासी हर्षित भएका छन् । वर्षौंदेखि महाकाली नदीमाथि ट्युबको सहारामा आवतजावत गर्दै आएका स्थानीयवासीलाई पुल निर्माणले सहज भएको सीमा प्रहरी चौकी लालीका निमित्त इञ्चार्ज गणेश बुडालले बताउनुभयो ।

पुल निर्माण करीब सकिएको छ, बुडालले भन्नुभयो, “दुवैतिर ढोका बन्द गरेर राखेका छौँ । अहिले पुलमा आवतजावत गर्न दिएका छैनौँ । प्राविधिक रुपमा मूल्याङ्कन नगरिएको कारण पुलबाट स्थानीयवासीलाई आवतजावत गर्न नदिइएको हो ।

पुल निर्माणपछि लेकम गाउँपालिका वडा नम्बर १, २, ३, ४, र ५ का स्थानीयवासीलाई आवतजावतमा सहज हुने लेकम गाउँपालिका स्थानीयवासी गणेश भण्डारीले बताउनुभयो । २०४८ सालमै लालीमा नेपाल भारत जोड्ने झोलुङ्गे पुल निर्माण हुन्छ भनेर सुनेका स्थानीयवासीले झण्डै ३० वर्षपछि झोलुङ्गे पुल पाएका हुन् ।  रासस