२५ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा बाढीले निम्त्याएको सङ्कट र व्यवस्थापनका प्रयास जलवायु परिवर्तनको असमान भार नेपालले थेग्न सक्दैनः सभामुख अर्याल राप्ती नदीमा निर्माणाधीन पुल विस्तार गर्न स्थानीयको माग दुई वटा संशोधन विधेयक प्रतिनिधि सभामा पेश सशस्त्र प्रहरीद्वारा बाढी प्रभावित क्षेत्रका तीन हजार ६०० बढीको स्वास्थ्य उपचार शिक्षक सेवा आयोगमा नयाँ पदाधिकारी नियुक्त दुई सहसचिव सचिवमा बढुवा, कुँवर र खत्रीलाई नयाँ जिम्मेवारी प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने सरकारको आकलन राष्ट्रियसभाले कानुन बनाउन सहयोग गरेन भनी बोलेकी छैनः कानुनमन्त्री गौतम
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा कास्की सभापतिमा अधिकारी



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्कीको सभापतिमा यदुनाथ अधिकारी निर्वाचित हुनुभएको छ ।

शनिबार पोखरामा सम्पन्न पार्टीको जिल्ला अधिवेशनमा अध्यक्षका अर्का प्रत्यासी एकराज न्यौपानेलाई एक मतले पराजित गर्दै अधिकारी सभापतिमा निर्वाचित हुनुभएको हो ।

उहाँ एक सय १५ प्राप्त गरी सभापतिमा चुनिँदा न्यौपानले एक सय १४ मत प्राप्त गर्नुभयो । कुल दुई सय ९० मतदातामध्ये दुई सय ३३ मत खसेको निर्वाचन समितिले जनाएको छ ।अधिवेशनबाट जिल्ला उपसभापतिमा चिनबहादुर गुरुङ, सचिवमा विश्वराज पौडेल, सहसचिवमा सुजन बस्ताकोटी निर्वाचित हुनुभएको छ । कोषाध्यक्ष कार्यसमितिबाट पछि मनोनयन गरिने जनाइएको छ ।