२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीप सिड्नीविरूद्ध शुक्रबार उत्रदै



अ+ अ-

काठमाडौँ । नेपालका युवा लेग स्पिनर सन्दीप लामिछाने अस्ट्रेलियन व्यवसायिक क्रिकेट लिग बिगब्यासमा डिसेम्बर २१ शुक्रबार खेल्दै छन् । मेर्लबर्न स्टारर्सबाट क्यानबेराको मानुका रंगशालामा उनि पहिलो खेलमा उत्रदैछन्।

मेलवर्नले बिग ब्यास लिगको पहिलो खेल शुक्रबार सिड्नी थन्डर्सविरूद्ध सामाना गर्ने भएको हो । जसको नेतृतन ग्लेन म्याक्सवेलले गर्ने भएका हुन् । म्याक्सवेलका साथमा माइकल बियर, ड्वाइने ब्राभो, एडम जाम्पा, मार्कस स्टोइन्स जस्ता चर्चित खेलाडीहरू खेल्ने भएका हुन् ।

सन्दीप लामिछानेको टिम मेर्लबर्न स्टारर्सले खेल सुरू हुनु अघिल्लो दिन सन्दीप लामिछानेलाई अन्तिम सूचिमा १३ खेलाडीको सूचीमा राखेको छ। बिहिबार बिहान स्टार्सले आफ्नो अधिकारिक वेबसाइटमा सन्दीपसहित सिड्नी थन्डर्ससँग खेल्ने सम्भावित १३ खेलाडीहरूको नाम सार्वजनिक गरेको हो।जसमा सन्दीप पनि समावेश छन्।