२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

७५ गाई भैँसीलाई सुत्केरी भत्ता



अ+ अ-

भरतपुर । रत्ननगर नगरपालिकाले ७५ वटा गाई भैँसीलाई सुत्केरी भत्ता दिएको छ । साउन र भदौ महिनामा ब्याएका गाई भैँसीलाई बिहीबार सुत्केरी भत्ता दिइएको हो ।

रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले यहाँ आयोजित कार्यक्रममा पशुपालक किसानलाई सुत्केरी भत्ता स्वरुप जनही रु ५०० वितरण गर्नुभएको हो ।

सुत्केरी पशुलाई पौष्टिक आहार खुवाउन रत्ननगर नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममा रु २० लाख बजेट विनियोजन गरेको थियो । सुत्केरी भत्तास्वरुप वितरण गरिएको रकम पर्याप्त नभएकाले आगामी वर्ष त्यसलाई वृद्धि गरिने नगरप्रमुख वनले जानकारी दिँदै किसानलाई पशुपालनका लागि प्रोत्सहान र पशुको सम्मानका लागि भत्ता वितरण गरिएको उल्लेख गर्नुभयो ।

नगरका वडा नं १, ४, ६, ७, ८ का ४१ र झुवानीका ३२ किसानले पालेका ३४ सुत्केरी पशुलाई भत्ता दिइएको नगरपालिकाका पशुपछी शाखा प्रमुख शालिग्राम पौडेलले जनाकारी दिनुभयो । रत्ननगरमा वार्षिक छ हजार गाई भँैसीमा कृत्रिम गर्भाधान हुने गरेकामा करीब दुई हजार गाई भैँसी ब्याउने गरेको उहाँको भनाइ थियो । रासस