२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगलागीबाट दुई पसलमा क्षति



अ+ अ-


राँझा । नेपालगञ्जको मुख्य व्यापारिकस्थल न्यूरोडमा रहेका दुई फेन्सी पसलमा गए राति आगलागी हुँदा लाखौँ मूल्य बराबरको सामान जलेर क्षति भएको छ ।आगलागीबाट न्यूरोडस्थित गीता थापाको न्यू जिबी कलेक्सन हाउसमा पूर्णरुपमा पूरै क्षति भएको भएको र प्रेमा बुढाथोकीको न्यू सपना सपिङको पनि अधिकांश सामान नष्ट भएको थियो ।

समयमै दमकल र प्रहरी पुगेका कारण आगलागीबाट वरपरका अन्य पसल जल्नबाट बचेको नेपाल उद्योग वाणिज्य सङ्घका केन्द्रीय सदस्य एवं स्थानीयवासी कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो ।
नेपालगञ्ज वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक नारायण डाँगीले विद्युत् चुहिएर भएर आगलागी भएको बताउनुभयो । पसलको बीमा गरिएका कारण केही राहत भएको छ । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल वैश्यले घटनाप्रति दुःख व्यक्त गर्दै सङ्घको आपतकालीन राहत कोषबाट रु ५० हजारसम्म उपलब्ध गराउने व्यवस्था गरेको बताउनुभयो । रासस