२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ए’ डिभिजन लिग: दशौँ चरणका खेल आजदेखि, यस्तो छ खेल तालिका



अ+ अ-


काठमाडौँ । जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको १०औँ चरणका खेल आजदेखि हुँदैछन् ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार १०औँ चरणमा खेल शुक्रबार तीन, शनिबार र आइतबार दुई /दुई खेल हुनेछन् ।

शुक्रबार पहिलो खेल सरस्वती युथ क्लब र मच्छिन्द्र क्लब तथा दोस्रो खेल हिमालयन शेर्पा क्लब र फ्रेण्ड्स क्लबबीच हुनेछ । दुवै खेल एन्फा मैदान सातदोबाटोमा हुनेछन् । तेस्रो खेल जावलाखेल युथ क्लब र न्यूरोड टिम एनआरटीबीच हुनेछ । खेल हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेलमैदानमा हुनेछ ।

त्यसैगरी शनिबार दुई खेल हुनेछन् । पहिलो खेलमा थ्रीस्टार र च्यासल युथ क्लबबीच खेल हुनेछ भने दोस्रो खेल सङ्कटा क्लब र ब्रिगेड ब्वाइजबीच हुनेछ । दुवै खेल हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेलमैदानमा हुनेछ ।

दशौँ चरणको अन्तिम खेल आइतबार हुनेछन् । आइतबार पहिलो खेल दुई विभागीय टोली त्रिभुवन आर्मी र एपिएफबीच हुनेछ । दोस्रो खेल नेपाल पुलिस मनाङमस्र्याङ्दी क्लबबीच हुनेछ ।

लिगअन्तर्गत नवौँ चरणका खेल सकिँदासम्म मनाङ शतप्रतिशत नतिजासहित २७ अङ्कको साथ तालीकाको शीर्ष स्थानमा छ । मनाङलाई पछ्याइरहेको सङ्कटाको २४ अङ्क रहेको छ । २२ अङ्कका सात थ्रीस्टार तेस्रो, १८ अङ्कका साथ त्रिभुवन आर्मी चौथो, १५ अङ्कसहित नेपाल पुलिस पाँचौँ, १४ अङ्कका साथ हिमालयन शेर्पा छैटौँ, १३ अङ्कका साथ च्यासल युथ क्लब सातौँ स्थानमा छन् ।

यसैगरी १३ अङ्कका साथ एपिएफ आठौँ, १० अङ्कका साथ सरस्वती नवौँ, आठ अङ्कका साथ जावलाखेल युथ क्लब १०औँ, ब्रिगेड ब्वाइज, फ्रेण्डस, मच्छिन्द्र र न्यूरोड टिम ९एनआरटी० क्रमशः ५, ५, ३ र १ अङ्कसहित ११औँ, १२औँ, १३औँ र १४औँ स्थानमा छन् ।

लिगको कूल ९१ खेलमध्ये हालसम्म ६२ खेल सकिइसकेको छ भने अब २९ खेल बाँकी रहेका छन् ।