२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

वन अधिकृत घुससहित रङ्गेहात पक्राउ



अ+ अ-

गलेश्वर । म्याग्दी जिल्लाका युवाको अगुवाइमा सञ्चालन भएको भ्रष्टाचार नियन्त्रण अभियान प्रभावकारी बनेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुका नेता प्रकाश पौडेलको अगुवाइमा सञ्चालन गरिएको सो अभियानअन्तर्गत बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले डिभिजन वन कार्यालयका एक कर्मचारीलाई घुससहित पक्राउ गरेको हो।

बेनी नगरपालिका–७ स्थित सवडिभिजन वन कार्यालयमा रहेको आवासगृहको कोठामा काठसम्बन्धी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीबाट रकम लिँदै गर्दा अख्तियारको टोलीले उक्त कार्यालयका सहायक वन अधिकृत राजकुमार ठाकुरलाई सेवाग्राहीबाट रु ३४ हजार घुस लिँदै गर्दा रङ्गेहात पक्राउ गरेको थियो ।
आयोगको पोखरा कार्यालयका अनुसार काठ मुद्दा मिलाइदिने भन्दै एक सेवाग्राहीबाट अधिकृत ठाकुरले पैसा मागेपछि ती उनले विद्यार्थी नेता पौडेललाई सूचना दिएका थिए । रासस