२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेटर मुस्ताफासहित तीन खेलाडी निलम्बित



अ+ अ-

 

काठमाडौँ । युएईका कप्तानसहित तीन खेलाडीलाई युएई क्रिकेट बोर्डले ८ साताका लागि निलम्बन गरेको छ।

खेलाडीले आचरण उल्लङ्घन गर्दै सामाजिक सञ्जाल प्रयोग गरेको आरोपमा बोर्डले कप्तान रोहन मुस्ताफा, अहमद राजा र रामेज साहजादलाई तीन साताका लागि अन्तर्राष्ट्रिय क्रिकेटबाट निलम्बन गर्ने निर्णय गरेको हो।

यो महिनाको सुरूमा पाकिस्तानमा आयोजित इमर्जिङ टिम्स कप क्रिकेटमा आयोजकविरूद्ध ट्विट गरेका उनीहरू कारबाहीमा परेका हुन्।

खेलाडीले पाकिस्तानमा सम्पन्न इमर्जिङ एसिया टिम्स कप खेलेपछि आफ्नो अनुसाशन उल्लङ्घन गर्दै सामाजिक सञ्जाल प्रयोग गरेको भन्दै कारबाही गरेको बिहिबार एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ।
ईसीबीले कारबाहीमा परेका ३ जना खेलाडीहरूलाई ८ साताको निलम्बन गर्दै आगामी दिनमा आचरण सुधार्न चेतावनीसमेत दिएको छ।

प्रतियोगिता अन्तर्गत समूह बी मा रहेको युएईले लिगको अन्तिम खेलमा हङहङलाई हराए सेमिफाइनलमा स्थान बनाउने थियो। तर खेल पानी परेर रद्ध भएको थियो।

उक्त खेलमा पानी पर्नुअगाडि ३१ ओभरको समाप्तिमा हङहङले ४ विकेट गुमाएर ८७ रन बनाएर खेलिरहेको थियो। यसपछि खेल वर्षाले अवरूद्ध गरेको थियो। उक्त खेल हुननसकेपछि दुबैलाई अंक बाँडिएको थियो।

यो खेल आफूहरूले जित्ने दाबी गर्दै कप्तानसहित तीन खेलाडीले आयोजकको कमजोर तयारी विरूद्ध रुष्ट हुँदै ट्वीट गरेका थिए।
अंक बाडिएको खेलपछि युएईका खेलाडीहरूले आफूहरू सेमिफाइनलमा आयोजककै कारण पुग्न नसकेको भन्दै निराशा पोखेका थिए। पछि उनीहरूले उक्त ट्वीट डिलिट गरेका थिए। ऐजेन्सी