२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सयौ बालबालिकालाई कम्मल बाडियो



अ+ अ-

दाङ । घोराहीमा रहेको सगरमाथा सिमेन्ट प्रालिले बिहीबार तुलसीपुरस्थित राप्ती बहिरा सङ्घमा रहेका १०० सुस्त श्रवण बालबालिकाका लागि कम्मल उपलब्ध गराएको छ ।

कम्पनीका जनसम्पर्क अधिकारी अमर सुवेदीको नेतृत्वमा आएको टोलीले बहिरा सङ्घकी कार्यक्रम निर्देशक प्रतिमा शर्मालाई ती बालबालिकाको छात्रावासमा पुगेर १०० थान कम्मल प्रदान गर्नुभएको हो ।

चिसो मौसम शुरु भएपछि प्रत्येक वर्षझैँ प्रालिले यस वर्ष पनि जिल्लाका विभिन्न स्थानमा पुगेर ज्येष्ठ नागरिक, दृष्टिविहीन तथा बहिरा बालबालिकालाई कम्मल वितरण गर्दै आएको छ ।

हिजै उक्त कम्पनीले घोराही उपमहानगरपालिका र बगलाचुली गाउँपालिकाका विभिन्न स्थानमा रहेका विपन्न दृष्टिविहीन २०० बालबालिकालाई पनि कम्मल वितरण गरेको थियो । रासस