२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

फुक्यो नेपाली कांग्रेसमा गाठो, बन्ने भो जम्बो टोली



अ+ अ-


काठमाडौं । नेपाली कांग्रेस पदाधिकारीको बिबाद मिलेको छ । आज बसेको बैठकले पदाधिकारी संख्या बढाएर १३ पुर्याउने निर्णय गरेपछि बिबाद टुङ्गेको हो । लामो रस्साकस्सीपछि शीर्ष नेताहरुले सहमहामन्त्रीको संख्या ७ पुर्‍याउने सहमति गरेका छन् ।

बढेको पदमधिकारीमा अब उपसभाति, महामन्त्री २/२ जना हुनेछन् भने समहामन्त्री ७ जना रहनेछन् । १३ पदाधिकारी मध्ये कोषध्यक्षबाट सबै निर्वाचित हुने निर्णय बेठकले गरेको थियो ।

काङ्ग्रेसको सहमतिअनुसार अब विधान संशोधन मस्यौदा समितिले केन्द्रीय कार्यसमितिमा प्रस्ताव लैजाने र त्यसपछि महासमितिमा विधान संशोधन प्रस्ताव पेश हुने ब्यबस्था गरेको छ ।

यो निर्णय अघि उपसभाति, महामन्त्री र समहमहान्त्री २/२ बनाउने सहमति भएपनि समावेशी नभएको भन्दै केन्द्रीय सदस्यहरुले विरोध गरेका थिए । विरोधका कारण पार्टी सभाति शेरबहादुर देउवा पछि हटेपछि बिवाद टुङ्गोमा पुगेको हो । शेरबहादुरले उपसभापति र महामन्त्री एक /एक मनोनित गर्ने प्रस्ताव ल्याएसँगै वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौलाले अस्वीकार गरेपछि शुक्रबार नयाँ सहमति जुटेको हो ।