२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

निकुञ्जमा अप्रेसन महाहन्ट शुरु



अ+ अ-

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा ‘अप्रेसन महाहन्ट’ बिहीबारबाट शुरु भएको छ । दुर्लभ वन्यजन्तु एक सिङ्गे गैँडा, बाघ जस्ता जनावरको चोरी शिकार नियन्त्रण अभियानमा महाहन्ट महत्वपूर्ण मानिन्छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार महाहन्टका लागि विशेष फौज बाहिनीबाट यहाँ खटिनका लागि एक गुल्म फौज आएका छन् । विशेष फौज र निकुञ्जमा रहेका सेनालाई संयुक्तरुपमा तालीम दिएपछि फौज कार्यक्षेत्रमा खटिएको उहाँले बताउनुभयो ।

बाहिनीका सुरक्षाकर्मीसँगै निकुञ्ज कर्मचारी र सुरक्षार्थ खटिएको श्री बटुक दलगणका सुरक्षाकर्मी पनि महाहन्टमा छन् । नियमित सुरक्षाका अतिरिक्त महाहन्टमा विशेष सुरक्षा फौजले निकुञ्ज कर्मचारी, सरोकारवाला संरक्षणमा समृद्ध निकायसँग समन्वय गरी निकुञ्जको विशेष सुरक्षा गर्ने छ । महाहन्टका क्रममा कुकुरसमेत परिचालन गरिँदैछ भने हात्ती, गाडी, मोटरसाइकल, साइकल, पैदल, डङ्गागस्ती समेत गरिँदैछ ।

हाल भएका ५७ वटा सुरक्षा पोष्टका अतिरिक्त ठाउँमा रातको समयमा पनि सुरक्षाकर्मीले सुरक्षा दिनेछन् । वर्षाद् सकिएपछि हिउँदको समयमा निकुञ्जको भित्री भाग र मध्यवर्ती क्षेत्रभित्र पर्यटन मार्ग खुल्ला हुने, पात झरेर जङ्गल उजाड हुने, खोला घटेर सहजै मानिस वारपार गर्नसक्ने हुनाले यो समयलाई चोरी शिकारको दृष्टिले अति संवेदनशील समय मानेर विगत केहीवर्ष यतादेखि महाहन्ट सञ्चालन गरिँदै आएको छ ।

चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षार्थ खटिने सेनाले विसं २०६७ सालबाट अप्रेसन हन्ट सञ्चालन गर्दै आएकामा विसं २०७१ सालबाट भने महाहन्ट सञ्चालन गर्दै आएको छ । पुस महीनाबाट वर्षाद् शुरु नभएसम्म महाहन्ट जारी रहने गर्दछ । रासस