२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपचार गर्दा गर्दै कैदीको मृत्यु



अ+ अ-

गौशाला । महोत्तरी जिल्लाको जलेश्वर कारागारमा कैद भुक्तान गर्दै आएका एक कैदीको आज बिहान उपचारका क्रममा मृत्यु भएको छ । धनुषा जिल्लाको साविक धनौजी गाविस–४ बस्ने अन्दाजी वर्ष ४० का रामनाथ मण्डल धानुकको मृत्यु भएको जेलर शोभेन्द्र ठाकुरले बताउनुभयो ।

धनुषा जिल्ला अदालतको आदेशानुसार २०७४ भदौ ५ गतेदेखि लागुऔषध मुद्दामा जरिवानासहित एक वर्ष आठ महीना कैद भुक्तान गर्दै आएका कैदी मण्डल नशासम्बन्धी रोगले ग्रसित रहेको तथा पहिलेदेखि नै पटकपटक विभिन्न अस्पतालमा उनको उपचार हुँदै आएको थियो । आज बिहान करीब ६ बजे पुनःअचानक अत्यधिक बिरामी भएपछि उनलाई उपचारका लागि जिल्ला अस्पताल जलेश्वरमा लगिएको थियो भने उनको उपचारकै क्रममा करीब ७ बजे मृत्यु भएको जेलर ठाकुरले बताउनुभयो ।

मृतक कैदी मण्डलको शव परम्परागत रीतिरिवाजअनुसार अन्तिम संस्कारका लागि उनकी पत्नी प्रेमकुमारी देवीले बुझी लगेको जलेश्वर कारागारले जनाएको छ । रासस