२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्याक्सवेलः सन्दीप हाम्रो टिमका स्टार हुन्



अ+ अ-


काठमाडौं । मेलबर्न स्टार्सका कप्तान ग्लेन म्याक्सवेलले सन्दिपको प्रशंसा गरेका छन् । अष्ट्रेलियामा जारी बिग ब्यास लिग खेल्न पुगेका नेपालका बलर सन्दिप लामिछानेबाट धेरै आशा राखिएको बताएका छन् । आईपीलमा उनको खेलबाट आफू प्रभावित बनेको म्याक्सवेलले जनाएका हुन् ।

आज नेपालका सन्दीप लामिछानेले समाबेश भएको टिम मेलबर्न स्टार्सले पहिलो खेल सिड्नी थन्डर्सविरुद्ध खेल्ने छ ।म्याक्सवेलको भनाई अनुसार यो खेलबाट सन्दिपले डेब्यू गर्ने सम्भावना बलियो बनेको हो ।

‘मैल आईपीएलका केही खेलमा उनको बलिङ हेरेको थिएँ, उनमा ब्याट्सम्यानलाई छक्याउने कला छ,’ म्याक्सवेलले भने, ‘उनी हाम्रो टिमका स्टार हुन् ।’

शारीरिक रुपमा धेरै बलियो नभए पनि सन्दिपको बलिङ ‘स्मार्ट’ भएको म्याक्सवेल बताएका हुन् । नेटमा प्राक्टिस गर्दा मलाई उनको बलिङ बुझ्न धेरै दिन लाग्यो । म उनलाई सिधा हान्ने प्रयास गर्थेँ र बोल्ड हुन्थे । आशा छ बीबीएलमा उनको बलिङले विपक्षी ब्याट्सम्यानहरुलाई हैरान बनाउने छन्’ उनको भनाई रहेको थियो ।