२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्याक्सवेलः सन्दीप हाम्रो टिमका स्टार हुन्



अ+ अ-


काठमाडौं । मेलबर्न स्टार्सका कप्तान ग्लेन म्याक्सवेलले सन्दिपको प्रशंसा गरेका छन् । अष्ट्रेलियामा जारी बिग ब्यास लिग खेल्न पुगेका नेपालका बलर सन्दिप लामिछानेबाट धेरै आशा राखिएको बताएका छन् । आईपीलमा उनको खेलबाट आफू प्रभावित बनेको म्याक्सवेलले जनाएका हुन् ।

आज नेपालका सन्दीप लामिछानेले समाबेश भएको टिम मेलबर्न स्टार्सले पहिलो खेल सिड्नी थन्डर्सविरुद्ध खेल्ने छ ।म्याक्सवेलको भनाई अनुसार यो खेलबाट सन्दिपले डेब्यू गर्ने सम्भावना बलियो बनेको हो ।

‘मैल आईपीएलका केही खेलमा उनको बलिङ हेरेको थिएँ, उनमा ब्याट्सम्यानलाई छक्याउने कला छ,’ म्याक्सवेलले भने, ‘उनी हाम्रो टिमका स्टार हुन् ।’

शारीरिक रुपमा धेरै बलियो नभए पनि सन्दिपको बलिङ ‘स्मार्ट’ भएको म्याक्सवेल बताएका हुन् । नेटमा प्राक्टिस गर्दा मलाई उनको बलिङ बुझ्न धेरै दिन लाग्यो । म उनलाई सिधा हान्ने प्रयास गर्थेँ र बोल्ड हुन्थे । आशा छ बीबीएलमा उनको बलिङले विपक्षी ब्याट्सम्यानहरुलाई हैरान बनाउने छन्’ उनको भनाई रहेको थियो ।