२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिरियाबाट अमेरिकी सैनिक फिर्ता नगर्न बेलायतको आग्रह



अ+ अ-


लण्डन । बेलायतले सिरियाबाट अमेरिकी सेना हटाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयमा पुनः विचार गर्न आग्रह गरेको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकाले सिरियामा सक्रिय जिहादी शून्य समुदायको सङ्गठन, स्लामिक स्टेट (आइएसआइएस) पराजित भएको बुधबार एक ट्वीट मार्फत् बताउनुभएको थियो ।

बेलायतले भने सिरियामा लडाकूहरु विरुद्धको लडाई अझै नसकिएकाले अहिले नै अमेरिकी सेना फिर्ता गर्ने बेला नभएको बताएको छ ।

“दाएस विरुद्धको विश्वव्यापी गठबन्धनले ठुलो प्रगति त गरेको छ, तर उनीहरुबाट हुने चुनौती भने अझै पनि कायमै रहेको छ,” बेलायती प्रधानमन्त्री थेरेसा मेका प्रवक्ताले भन्नुभयो ।

देशको कुनै पनि क्षेत्र उनीहरुको चुनौतीबाट मुक्त नभएको पनि उहाँले बताउनुभयो ।

“बेलायती जनताको सुरक्षाका लागि सरकारले आवश्यक काम जारी नै राख्नेछ, साथै हाम्रो गठबन्धन र साझेदारहरुले पनि त्यसलाई सहयोग गर्नेछन्,” एक जना विदेशी कर्मचारीले भने ।

संचार माध्यमहरुले सिरियाबाट अमेरिकी सेना फर्काउने निर्णयमा अमेरिकाले बेलायतलाई कुनै सूचना नदिएको उल्लेख गरेका छन् ।

राष्ट्रपति ट्रम्पले अमेरिकी टेलिभिजन च्यानल सीएनएनले अमेरिकाले छिट्टै सिरियाबाट आफ्नो सैनिकलाई पूर्णरूपमा फिर्ता बोलाउने योजना रहेको बताउनु भएको थियो । उहाँले आइएस पराजित भइसकेको पनि दावी गर्नु भएको छ ।

आफ्नो नाम सार्वजनिक नगर्ने सर्तमा एक अधिकारीले पनि भनेका थिए, “सिरियाबाट सम्पूर्ण रूपमा सेना फर्किने तयार भइरहेको छ ।”

“हामीले सकेसम्म छिट्टै सिरियामा आफ्नो समूहलाई सघाउने सबैको सुरक्षाको प्रत्याभूत गराउँदै फर्किने तयारीमा छौँ ।”उनको भनाई थियो ।

अहिले सिरियामा अमेरिकाका झण्डै दुई हजार सुरक्षाकर्मी रहेको बताइएको छ । उनीहरु अधिकांश आइएस लडाकूहरुसँग लड्ने स्थानीय सुरक्षाफौजलाई सहयोग गर्ने काममा रहेका थिए । रासस