६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वप्रधानमन्त्रीद्वय देउवा र दाहाल अदालतको कठघरामा, मुद्दाको फैसला आज



अ+ अ-


काठमाडौं । पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको मुद्दाको सुनुवाई आज हुने भएको छ । अदालतको अवहेलना सम्बन्धी छुट्टाछुट्टै मुद्दाको पेशी आजको लागि तोकिएको हो ।

देउवालाई प्रहरी महानिरीक्षक नियुक्तिको विषयमा नेपाली कांग्रेसले केन्द्रीय समिति बैठकबाटै निर्णय गरेर सर्वोच्च अदालतले गरेको फैसलाको विरोध गरेर अदालतको निर्णयमाथि बिबादास्पद बनाएको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको थियो ।

अधिवक्ता हरिप्रसाद मैनालीले २० चैत ०७३ मा रिट  दायर गरेका थिए । उक्त मुद्दाको पेशी प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश बमकुमार श्रेष्ठको संयुक्त इजलाशले हेर्ने भएको छ ।

तत्कालीन नेकपा (माओवादी) का अध्यक्ष प्रचण्डविरुद्ध द्वन्द्वपीडितहरूले शान्ति सम्झौतापछि अदालतले दिएको आदेश पालना नगरेको आरोप लागेको हो । अदालतले गरेको निर्णय बिरुद्द कदम चालेर अदालतको अवहेलना गरेको भन्दै मुद्दा दर्ता गरेका हुन् । यो मुद्दाको पेशी शारदाप्रसाद घिमिरे र डम्बरबहादुर शाहीको संयुक्त इजलाशमा परेको छ ।