२४ जेष्ठ २०८३, आईतवार
,
Latest
धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

जमीनमा महिलाको स्वामित्व बढ्यो



अ+ अ-

दाङ । कुनै समय थियो महिलाको नाममा जग्गा अर्थात सम्पत्ति राखिन्नथ्यो । महिलाको नाममा सम्पत्ति राखे उनीहरू दोस्रो विवाह गरेर जान सक्छन् र श्रीमान् तथा परिवारका अन्य अभिभावकलाई हेप्ने गर्दछन् भन्ने मान्यता थियो । महिलाको नाममा माइतीबाट प्राप्त भएको सम्पत्ति (पेवा) मात्र हुन्थ्यो ।

अझ अविवाहिता छोरीलाई त ‘उनीहरू अर्काको घर जाने जात हो, भोलि छोराले के खाला ?’ भन्ने समाजिक मान्यता थियो । त्यसैले घरको मालिक पनि पुरुष, जग्गाको मालिक पनि पुरुष, व्यवसायको मालिक पनि पुरुष हुने गर्दथे । तर त्यो परम्परा अहिले भने विस्तारै तोडिँदै गएको छ ।

सरकारले महिलाको नाममा जग्गा किनबेच गर्दा राजश्वमा केही प्रतिशत छुट दिने निणर्य गरेपछि महिलाको नाममा पनि सम्पत्ति राख्न थालिएको छ । राजश्वमा छुट हुने भएपछि महिलाको नाममा जग्गा पास गर्न पुरुष पनि उदार देखिन थालेका छन् ।

सरकारले सम्पत्तिमा महिलाको अधिकार सुनिश्चत गर्ने उद्देश्यले महिलाको नाममा घरजग्गा नामसारी गर्दा राजश्वमा छुट दिने नीति ल्याएपछि दाङमा महिलाको नाममा घरजग्गा पास गर्नेको सङ्ख्यामा वृद्धि भएको छ ।

जिल्ला मालपोत कार्यालय दाङका खरिदार पुरुषोत्तम खनालका अनुसार यस यस आर्थिक वर्षको हालसम्ममा दाङका एक हजार ८७९ जना महिलाले आफ्नो नाममा जग्गा पास गराएका छन् । यसमा शहरी क्षेत्रका एक हजार ८६० जना र ग्रामीण क्षेत्रका १९ जना रहेका छन् । ती महिलाले आफ्नो नाममा जग्गा पास गर्दा रु ७३ लाख पाँच हजार ६२४ राजश्व छुट भएको छ ।

त्यसैगरी आर्थिक वर्ष २०७२/७३ मा शहरी क्षेत्रका पाँच हजार ९०९ र ग्रामीण क्षेत्रका दुई हजार ९८ गरी कूल आठ हजार सात महिलाको नाममा जग्गा पास गराउँदा रु दुई करोड १९ लाख ८५ हजार ८६८ राजश्व छुट पाएका थिए । रासस