६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलाधार क्षेत्रको व्यवस्थापन नीति विज्ञानमा आधारित हुनुपर्ने



अ+ अ-

विराटनगर । जलाधार क्षेत्रको व्यवस्थापन नीति विज्ञानमा आधारित हुनुपर्ने सहभागीले जोड दिएका छन् ।

वन तथा भू–संरक्षण विभागद्वारा आज यहाँ आयोजित सङ्घीय संरचनामा कोशी वृहत जलाधार व्यवस्थापनमा प्रयास र सम्भावना विषयक कार्यक्रममा सहभागीले जीवनको सभ्यता र संस्कृतिसँग जोडिने जलाधारलाई उचित व्यवस्थापन हुनु नै राष्ट्रका लागि फाइदाजनक हो भनेका छन् ।

प्रदेश नंं–१ योजना आयोगका उपाध्यक्ष सुवोधराज प्याकुरेलले बहुआयामिक कोशी जलाधारको उचित व्यवस्थापनले सिँचाइ र ऊर्जा क्षेत्रमा राम्रो प्रगति हासिल गर्न सकिने बताउनुभयो ।

वन तथा भू–संरक्षण विभागका महानिर्देशक डा रामप्रसाद लम्सालले कोशी नदी नेपाल, भारत, चीन र बङ्गलादेशसँग जोडिएकाले यसबाट वृहत फाइदा लिन सकिने गरिएको योजना बन्नुपर्नेमा जोड दिनुभयो ।

प्रदेशका भौतिक पूर्वाधार योजना सचिव सागरकुमार राई, वन तथा भू–संरक्षण मन्त्रालयका सचिव बद्रिराज ढुङ्गानाले जल, जमीन, वातावरण र विकासमा सन्तुलन कायम गर्न जलाधार क्षेत्रको उचित प्रयोग र व्यवस्थापन हुनुपर्ने बताउनुभयो ।

भोलिसम्म चल्ने सो कार्यक्रममा वन तथा भू–संरक्षण क्षेत्रमा काम गर्ने कार्यालयका प्रमुख, सिँचाइ कार्यालयका प्रमुख, वन कार्यालयका प्रमुखको सहभागिता रहेको छ । रासस