६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल एयरलाइन्सले जापान र कोरिया उडान भर्ने



अ+ अ-

काठमाडौँ । नेपाल एयरलाइन्सले आगामी वैशाखसम्म अन्र्तराष्ट्रिय हवाई सेवामा सुधार गर्ने भएको छ । एयरलाइन्सले अब जापान, कोरिया, चीन र साउदी अरेवियामा उडान गर्ने तयारी तिब्र रुपमा भइरहेको जानकारी दिएको छ।

एयरलाइन्सका अनुसार पहिलो चरणमा जापान र चीनमा उडान गर्ने र फागुन मध्यसम्म जापानको ओसाकामा उडान गर्ने तयार िभएको जनाएको छ । त्यस्तै चैतसम्म चीनको ग्वान्जाउ सहरमा उडान गर्न पूर्वतयारी सुरू भइसकेको र चीन र जापानमा उडानको तयारी गर्न कर्मचारी पनि खटाईसकेका जनाएको हो ।

‘असारमै पहिलो एयरबस वाइडबडी ए ३३० जहाज आए पनि नयाँ गन्तव्य नपाउँदा छोटो दुरीमा उडान गरिरहेको छ। यस्तै नेपाल एयरलाइन्सको दोस्रो एयरबस साउनमा खरीद गरेको थियो।