२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

खानी दुर्घटनामा १३ जनाको मृत्यु



अ+ अ-

प्राग । चेक रिपब्लीकको पूर्वी क्षेत्रमा रहेको एक कोइला खानीमा दुर्घटना हुँदा १३ जनाको खानी मजदूरको मृत्यु हुनुका साथै अरु १० जना घाइते भएका छन् ।

ओकेडी माइनिङ कम्पनीका प्रवक्ता इभो सेलेचोभ्स्कीले मारिएका १३ जनामा ११ जना पोल्यान्डका र दुई जना चेकोस्लोभाकियाका रहेको जानकारी दिनुभयो ।

उक्त दुर्घटना बिहीबार अपराह्न राजधानी प्रागबाट करिब ३०० किलोमिटर पूर्व काराभिना सहरको सीएसएम खानीमा भएको थियो ।

उक्त दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको कम्पनीले जनाएको छ ।

चेक रिपब्लीक समेतका पूर्वी युरोपका देशहरुमा ठूलो संख्यामा कोइला खानी सञ्चालनमा रहेका र तिनीहरुमा निकै जोखिम रहने गरेको छ । रासस