२४ जेष्ठ २०८३, आईतवार
,
Latest
स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिल्लाबाट तीन सय खेलाडी छनोट



अ+ अ-

भीमदत्तनगर । जिल्लास्तरीय प्रतियोगितामा कञ्चनपुरबाट विभिन्न १६ वटा खेलका तीन सय खेलाडी छनोट भएका छन् ।

आगामी माघको अन्तिम सातादेखि प्रदेश नं ५ मा हुने आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि यहाँ जिल्ला छनोट सकिएको जिल्ला खेलकूद विकास समिति कञ्चनपुरले जनाएको छ ।

कवड्डी, भलिबल, बक्सिङ, भारोत्तलन, जुडो, तेक्वान्दो, फुटबल, ब्याडमिन्टन, क्रिकेटलगायत १६ वटा खेलको खेलाडि छनोट भइसकेको जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले जानकारी दिनुभयो ।

‘राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले २७/२८ खेलमा सहभागिता जनाउनेछ ।’ कार्यालय प्रमुख भट्टले भन्नुभयो,“राष्ट्रिय प्रतियोगिताका लागि प्रदेशको छनोट माघमा हुने भनिएको छ ।”

प्रदेशबाट छनोट भएको खेलाडीले मात्रै आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् । ‘प्रदेशको छनोटपछि खेलाडी बन्द प्रशिक्षणमा रहन्छन् ।’ उहाँले भन्नुभयो,“अहिले पनि खेलाडी नियमित प्रशिक्षणमै छन ।” रासस