२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बबई नदी ब्यवस्थापनमा बजेट अभाव



अ+ अ-


गुलरिया । बर्दिया जिल्लामा रहेको बबई नदी ब्यवस्थापनमा बजेको अभाव हुन थालेको छ । बबई भादा औराही नदी ब्यवस्थापनमा कम रकम बिनियोजन हुदाँ आयोजनाको काम ठप्प भएको हो ।

आयोजनाको डीपीआर तयार गरी सञ्चालनमा आएको कार्यालयलाई ब्यवस्थापनमा प्रत्येक वर्ष ७८ करोड रूपैयाँ बजेट खर्च हुने भएता पनि यो वर्ष बबई नदी ब्यवस्थापन गर्न सरकारले २१ करोड रूपैयाँ मात्र बजेट बिनियोजन गरेको हो । जसले गर्दा आयोजनाको काम सुस्त गतिमा बढ्ने गरेकाले समयमा नै काम नस्किने भएको हो ।

सिंचाई मन्त्रालयले पठाएको रकम यसै आर्थिक वर्षको ६ महिनामै सकिने भएकाले बंबई नदी ब्यवस्थापनको काम प्रभावित हुने भएको हो । यस आर्थिक वर्षको ६ महिनामा जसरी काम भएको छ । त्यसैगरी कामले निरन्तरता पाउने हो भने आर्थिक वर्षको अन्तिम सम्ममा हामीलाई करिब १ अर्ब रूपैया आवस्यक पर्छ तर डीपीआर अनुसार ७८ करोड मात्र प्रत्येक वर्ष खर्चिने उल्लेख भएकाले अहिले पनि चाहे जति काम हुन सकेको छैन ।

यदी काम गरेको भुक्तानी समयमा नपाउने हो भने बबई नदीमा आउने बाढीबाट दुर्लभ जनावर कृष्णसार समेत संकटमा पर्ने अबस्था देखिन्छ ।