२४ जेष्ठ २०८३, आईतवार
,
Latest
धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

घाज्नीमा छ तालिबानी लडाकू मारिए



अ+ अ-

घाज्नी । अफगानिस्तानको पूर्वी प्रान्त घाज्नीमा तालिबान लडाकू र सरकारी सुरक्षाबलबीच भएको दोहोरो झडपको क्रममा कम्तीमा छ तालिबानी लडाकू मारिएका छन् ।

घाज्नी प्रान्तको खोगीआजी जिल्लामा भएको दोहोरो झडपमा परी छ लडाकू मारिनुको साथै अन्य तीन तालिबान घाइते भएका प्रान्तीय सरकारका प्रवक्ता आरेफ नुरीले जानकारी दिनुभयो ।

नुरीका अनुसार खोगीआनी जिल्लाको करिज गाउँमा अज्ञात सङ्ख्यामा आएका तालिबान लडाकूले सुरक्षा चौकीमा आक्रमण गरेका थिए । घाज्नी प्रान्तमा सक्रिय तालिबान समूहले भने यस विषयमा कुनै टिप्पणी गरेका छैनन् ।

उत्तरी अफगानिस्तानमा दश प्रहरी बेपत्ता

अफगानिस्तानको उत्तरी प्रान्त बादख्शान राजधानी शहर फैजाबादमा एक प्रहरी चौकीबाट दश अफगान प्रहरी अधिकारी बेपत्ता भएका प्रान्तीय प्रहरी प्रवक्ता सनउल्लाह रोहानीले बताउनुभएको छ ।

स्थानीय समयाअनुसार शुक्रबार बिहान ३ बजे सो घटना भएको रोहानीले सिन्ह्वा समाचार समितिलाई बताउनुभएको छ । यस घटनाको अनुसन्धान शुरु गरिएको पनि रोहानीले जानकारी दिनुभयो । नाम नबताउने शर्तमा एक स्थानीय वासिन्दाले तालिबान लडाकू समूहले ती प्रहरीलाई शुक्रबार बिहान सबेरै अपहरण गरेका हुन् । रासस