६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजा ज्ञानेन्द्र शाह र कमल थापाबीच पोखरामा भेटवार्ता हुँदा……



अ+ अ-

काठमाण्डौं। पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई राप्रपाका अध्यक्ष कमल थापाले आज भेटेका छन् । पूर्व राजा र थापाबीच शुक्रबार अकस्मात भेटवार्ता भएको जनाइएको छ । केही दिन पहिलेदेखि पोखरामा निजि भ्रमणमका क्रममा रहेका शाह र एक कार्यक्रमको लागि भन्दै पोखरा पुगेका थापाबीच आज विहान ९ बजे भेट भएको हो ।

उहाँहरुबीच बिहान १ घन्टा भेटवार्ता भएको हो । पूर्वराजा शाह माउन्ट ग्लोरी रिसोर्टमा बसिरहेका छन । उनले राप्रपा अध्यक्ष थापासँग भेट गरेर राजनीतिक कुराकानी समेत गरेको स्रोतले बताएको छ । उनीहरूको बीचको भेटलाइ अर्थपूर्ण रूपमा लिइएको छ।

हाल नेपाली काँग्रेसको महासमिति बैठक चलिरहेका बेला हिन्दू धर्मको सिद्धान्त अवलम्बन गर्नुपर्ने विषयमा पनि कुरा चलिरहेको छ । यसै विषयलाई लिएर राप्रपाका नतो थापाले काँग्रेसलाई हिँर्द धर्म अवलम्बन गर्न आग्रह पनि गरेका थिए । उनले यदि काँग्रेसले हिन्दू धर्म अवलम्बन गर्यो भने राप्रपा र काँग्रेसबीच पार्टीमा सहकार्य हुन सक्ने बताएका थिए ।

दुई हप्ता अघि काठमाडौँमा एसिया प्यासिफिक सम्मेलनका नाममा क्रिश्चियन धर्म प्रचारको काम भएकोले अहिले हिन्दू धर्मको कुरा देशव्यापी रुपमा उठेको छ । त्यसैले राप्रपाले पनि हिन्दुराज्यको पक्षमा सडकमा उत्रिने बताउदै आएको छ ।