६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा बैठकमा नेताहरूबीच आरोप–प्रत्यारोप जारी, विष्णु रिमाललाई नारायणकाजीको प्रश्न– के तपाईँ परमेश्वरको प्रतिनिधि हो ?



अ+ अ-


काठमाडौँ । नेकपाको जारी स्थायी समिति बैठक नेताहरूबीच आरोप–प्रत्यारोपमौ केन्द्रित छ । हिजोको बैठकमा पनि सरकार र पार्टीको नेतृत्वको आलोचना गर्ने क्रम जारी रहेको छ । शुक्रबारको बैठकमा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालप्रति कडा कटाक्ष गरेका छन् । उनले आपत्तिजनक रुपमा विष्णु रिमालको अभिव्यक्ति आएको भन्दै त्यसको कडा रुपमाा विरोध पनि गरेका छन् । उनले बैठकमा आफ्नो भनाई राख्ने क्रममा नै रिमाललाई बडो आक्रोषित रुपमाा प्रश्न गरेका छन्– के तपाई परमेश्वरको प्रतिनिधि हो ? नारायणकाजीले हालै भएको एसिया प्यासिफिक सम्मेलनप्रति आपत्ति जनाउँदै प्रधानमन्त्रीका सल्लाहकारलाई नै त्यसमा सक्रिय रुपमा सहभागी भएको आरोप लगाएका हुन् । त्यसैले उनले रिमाललाई परमेश्वरको प्रतिनिधि भएको टिप्पणी गरेका हुन् ।

बैठकमाा नारायणकाजीले भनेका थिए ‘एकजना कमरेडले बिहीबारको बैठकमा सरकार र पार्टी नेतृत्वको आलोचना गर्नु आत्मनिन्दा हो, त्यति विनम्र हुनै सकिँदैन भन्नुभो । त्यस्तो अभिव्यक्ति गलत छ,’ रिमालको अभिव्यक्तिप्रति लक्षित गर्दै प्रवक्ता श्रेष्ठले भने, ‘सामन्ती सोच र संस्कृति भएको शासकले मात्र आफूलाई परमेश्वरको प्रतिनिधि हुँ भन्ने ठान्छ, त्यस्ताले आत्मालोचना गर्ने कुरै हुन्न । के तपाईंले आफूलाई त्यस्तै ठान्नुभएको हो ? त्यस्तो सोच एवं अभिव्यक्ति हामी कम्युनिस्टहरूको होइन र हुनै सक्दैन ।’

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार रिमालले सरकार र पार्टी नेतृत्वको सफलता तथा उपलब्धिको चर्चा गर्दै बिहीबारको बैठकमा आत्मनिन्दा मात्रै गरेर खुइल्याउने काम नगर्न चेतावनी दिएका थिए । श्रेष्ठले रिमालको वैचारिक स्तर र सोचमाथि नै प्रश्न उठाए । कम्युनिस्ट समाजवादीहरूले रूपान्तरणको दिशामा अघि बढ्न पहिला आत्मालोचनाबाट सुरु गर्दै, अरूको पनि आलोचना सुन्ने र परिमार्जनका लागि शुद्धीकरणको प्रक्रियामा जाने जनवाद अपनाएको भन्दै श्रेष्ठले बुर्जुवा, पुँजीपतिहरूले समेत आलोचना सुन्ने गरेको समेत बैठकमा प्रस्ट्याए । नेकपा बैठक जारी छ । बैठकमा पार्टी अध्यक्षद्धय केपी ओली र प्रचण्डले जवाफ दिन बाँकी नै छ । (आजको नयाँ पत्रिका दैनिकमा यो खबर छ ।)