• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   राष्ट्र अप्ठ्यारोमा परेका बेला दलहरूबीच संवाद र साझा प्रयास आवश्यक हुन्छ: अध्यक्ष ओली ★   कोशी बाढीको क्षति रोक्न सुनसरी र सप्तरीमा उच्च शतर्कता ★   नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई नेपाली काँग्रेसको आग्रह ★   एसइईमा नवलपुरका १२ विद्यालयको नजिता‘शून्य’ ★   आफ्नै पसल चोरीको अभिनय गर्दा… ★   नेकपा एस महाधिवेशन: १२ समूहका सुझाव पेस हुँदै ★   आयल निगमको नयाँ भण्डारणगृह निर्माण हुँदै ★   कांग्रेसद्वारा ओली र देउवा आलोपालो प्रधानमन्त्री बन्ने सहमति अनुमोदन ★   स्वस्थकर खाना खायौँ भने औषधि जरुरत नै पर्दैन ★   सिंहदरबारमा कृषि प्राविधिकहरुको धर्ना

ललितपुर प्याट्रिअट्सले जित्यो ईपीएल उपाधि



काठमाडौं । यस सिजनकाे एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिताको उपाधि ललितपुर प्याट्रिअटसले  जितेको छ ।

त्रिवि क्रिकेट मैदानमा कीर्तिपुरमा शनिबार भएको फाइनलमा भैरहवा ग्लाडिएटर्सलाई १४ रनले पराजित गर्दै ललितपुरले उपाधि जितेकाे हाे । जितसँगै ललितपुरले २५ लाख नगद हात पारेको छ । उपविजेता भैरहवाले १० लाखमा चित्त बुझाएको छ ।

ललितपुरले दिएको १५६ रनको लक्ष्य पछ्याएको भैरहवाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४१ रन मात्रै बनाउन सक्यो । रवि इन्दर सिंह र शरद भेषवाकरको विकेट खेलको टर्निङ प्वाइन्ट बनेकाे थियाे ।  १५ ओभरसम्म खेल भैरहवाको पक्षमा थियो । उसले मात्र ३ विकेट गुमाएर १०४ रन जोडिसकेको थियो ।

तर, १६ औं ओभरको पहिलो बलमै पवन शराफले रवि इन्दरको विकेट लिएका थिए भने अर्को ओभरमा ललित राजवंशीले भैरहवाका कप्तान शरदको विकेट लिएपछि खेल ललितपुरको पक्षमा गयो ।

लगातार दबाबमा परेको भैरहवालाई अन्तिम ओभरमा गर या मरकाे स्थिति बनेकाे थियाे । उसलाइ १७ रन चाहिएको थियो तर, दुई खेलाडी रनआउट सहित तीन विकेट गुमेकाे थियाे ।

भैरहवाका लागि प्रदीपले २२ बलमा चार चौका र एक छक्काको मद्दतमा ३४ रन बनाएर आउट भए । रवि इन्दर सिंहले ३२ बलमा २९ रन बनाए । कप्तान शरद भेषावकरले १४ रन बनाए ।

ललितनारायण राजवंशीले चार ओभरमा १७ रन खर्चेर तीन विकेट लिए पवन सर्राफ र योगेन्द्रसिंह कार्कीले समान २-२ विकेट लिए ।

यसअघि ललितपुरले सबै विकेट गुमाएर १५५ रनकाे सम्मानजनक स्काेर बनाएको थियो ।

टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरको सुरुवात राम्रो थियो । जयकिसन कोल्सवाला र गौरभ टोमरले पहिलो विकेटका लागि ४१ रनको साझेदारी गरेका थिए । गौरभ २३ रन बनाएर आउट भए ।

कप्तान ज्ञानेन्द्र मल्ल १० रनमा आउट भए । तर, कोल्सवाला र सन्दीप जोराले उत्कृष्ट ब्याटिङ गरे ।

५२ बलको सामना गरेका कोल्सवालाले तीन चौका र तीन छक्काको मदतमा ५७ रन बनाए भने आक्रमक पारी खेलेका जोराले ११ बलमा २४ रन जोडे । यद्यपि ललितपुरले अन्तिम तीन ओभरमा लगातार विकेट गुमाएको थियो । १२ रन जोड्दा ५ विकेट गुमाएर अलआउट भयो ।

भैरहवाका कृष्ण कार्कीले तीन विकेट लिए ।