६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘शिक्षाका ती दिन’ विमोचन



अ+ अ-

 

 

 

काठमाडौँ । शिक्षाविद् एवं साहित्यकार पुष्पराज पौडेलको ‘शिक्षाका ती दिन’ पुस्तकको विमोचन गरिएको छ ।

हेड्स नेपालद्वारा शनिबार पद्मकन्या क्याम्पसमा आयोजित कार्यक्रममा साहित्यकार एवं पूर्वशिक्षामन्त्री मोदनाथ प्रश्रितले उक्त पुस्तक विमोचन गर्नुभयो ।

कार्यक्रममा पूर्वमन्त्री प्रश्रितले पुस्तकले नेपालको विगत पाँच दशक अगाडिको शिक्षण अवस्थालाई चित्रण गरेको बताउनुभयो । “पुस्तकले विगतको नेपालको शिक्षा प्रणालीलाई दर्शाएको छ”, उहाँले भन्नुभयो । पुस्तक आगामी पुस्तालाई पठनीय हुने उहाँको भनाइ छ ।

पुस्तकको समीक्षा गर्दै साहित्यकार तीर्थराज वन्तले पुस्तकमा शब्द चयन एवं भाषाशैली सहज भएको बताउनुभयो । “भाषाशैलीले पुस्तकमा मिठासपन ल्याएको छ”, उहाँले भन्नुभयो ।

पुस्तकका लेखक पौडेलले नेपालको शिक्षाको महत्वलाई उजागर गर्ने उद्देश्यका साथ पुस्तक लेखेको बताउनुभयो । हेड्स नेपालका अध्यक्ष ईश्वरचन्द्र बानियाँले पुस्तकले नेपालको समग्र शिक्षाको अवस्थालाई चित्रण गरेकाले प्रकाशनमा ल्याइएको जानकारी दिनुभयो । रासस