२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिग लिडर बार्सिलोनाको अर्को जित, रोनाल्डो बिनाको रियल मड्रिड चौथो स्थानमा यथावत



अ+ अ-


काठमाडौं । स्पेनिस ला लिगा अन्तरगत गएराति भएको खेलमा उपाधिको दाबेदार बार्सिलोनाले अर्को सहज जित निकालेको छ । क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले सेल्टा भिगोमाथि २–० गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा उसका स्टार खेलाडि तथा टिमका कप्तान लिओनल मेस्सी र उसामान डेम्बेलेले समान १–१ गोल गरे ।

पहिलो हाफको १०औं मिनेटमै डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई १–० को अग्रता दिलाएका थिए । उनले विपक्षी गोलरक्षकको कमजोर सेभबाट रि–बाउन्ड भएर आएको बललाई सर्टिक गोल गरेका हुन् ।

कप्तान मेस्सीले खेलको ४५औं मिनेटमा अर्के गोल गर्दै आफ्नो अग्रता २–० मा पुर्याएका थिए । उनले अल्बाको पासमा गोल गरेका हुन् । मेस्सीको गोलसँगै बार्सिलोनाले पहिलो हाफमा २–० को सहज अग्रता लिएको थियो । त्यसपछि दोस्रो हाफमा दुवै टिमबाट गोल हुन सकेन ।

जितसँगै बार्सिलोनाको १७ खेलबाट ३७ अंकका साथ लिगको शीर्ष स्थानमा यथावत नै रहेको छ । समान १७ खेल खेलेको एथ्लेटिको मड्रिड ३४ अंकसहित दोस्रो स्थानमा रहेको छ । त्यस्तै १६ खेल खेलेका सेभिल्ला ३१ अंकसहित तेस्रो स्थानमा छ । सेभिल्लासँग समाना खेल खेलेको रोनाल्डो बिनाको रियल मड्रिड २९ अंकका साथ चौथो स्थानमा रहेको छ ।