२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

केन्याका प्रधान न्यायाधीश सडक दुर्घटनामा घाइते



अ+ अ-

नैरोवी । केन्याका प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका अध्यक्ष ड्याभिड मारागा शनिबार एक सडक दुर्घटनामा परी घाइते हुनुभएको अधिकारीहरूले बताएका छन् ।

प्रधान न्यायाधीश मारागा तथा उहाँकी श्रीमती युकावेथ न्याबोके नैरोबीबाट करिब १७० किलोमिटर टाढा रहेको नाकारू जिल्लाको नोरो क्षेत्रमा एउटा चर्चमा प्रार्थनाका लागि जाने क्रममा सडक दुर्घटनामा पर्नुभएको हो ।

उहाँहरू दुबैजनालाई राष्ट्रपति उहुरू केन्याटाको निर्देशनमा हेलिकोप्टरमार्फत उद्धार गरी स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । दुबैको अवस्था स्थिर रहेको र टाउकोको चोट भएकोले चिकित्सकको प्रत्यक्ष निगरानीमा राखिएको अस्पताल स्रोतलाई उद्धृत गरी केन्याको राष्ट्रिय दैनिकले लेखेको छ । रासस