२४ जेष्ठ २०८३, आईतवार
,
Latest
मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजधानीमै घर भएका प्रदेश सांसदले पनि लिए घरभाडा



अ+ अ-


डोटी । सुदूरपश्चिम प्रदेशका सांसदले अस्थायी राजधानी धनगढीमा घर भए पनि संसद् सचिवालयबाट घरभाडा लिइरहेको पाइएको छ । प्रदेश संसद् सचिवालयका अनुसार राजधानीमै घर भएका ११ सांसदले महिनैपिच्छे घरभाडाबापतको रकम लिइरहेका हुन् ।

कैलाली क्षेत्र ५ ‘ख’ बाट निर्वाचित कांग्रेसका डिल्लीराज पन्त, कांग्रेसकै समानुपातिक सांसद टेकबहादुर रैका, कैलाली क्षेत्र ३ बाट निर्वाचित नेकपाका वीरमान चौधरी, नेकपाकै समानुपातिक सांसद सुशीला बुढाथोकी र राजपाकी समानुपातिक सांसद मालामती रानाले राजधानीमै घर भएर पनि घरभाडा लिएका छन् ।

कैलाली क्षेत्र ४ ‘क’ बाट निर्वाचित नेकपाका सांसद तथा पूर्वमन्त्री दीर्घ सोडारी, क्षेत्र ५ को ‘क’ बाट निर्वाचित नेकपाकै नेपालु चौधरी र समानुपातिक सांसद चुनकुमारी चौधरी, कांग्रेसकी दिव्येश्वरी शाह, डोटीबाट निर्वाचित कांग्रेसका भरतबहादुर खडका तथा कञ्चनपुरबाट समानुपातिक सांसद बनेका कांग्रेसकै देवराज पाठकले पनि ढाँटेर घरभाडा बुझिरहेका छन् ।

सचिवालयका अनुसार सभामुख र उपसभामुखबाहेक सबै सांसदले घरभाडा बापतको रकम लिइरहेका छन् । मुख्यमन्त्री, मन्त्री तथा सभामुख र उपसभामुखले सरकारी आवास सुविधा पाएकाले घरभाडा नपाउने नियम छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले धनगढीमा घर भएका सांसदले घरभाडाबापत रकम लिएको सुनेको तर आधिकारिक जानकारी नआएको बताए । ‘धनगढीमा घर भएकाले घरभाडा बुझ्दै छन् भन्ने हल्ला सुनेको छु,’ उनले भने, ‘अरू मलाई थाहा भएन ।’

घरभाडाबापत विपक्षी दलका नेताले २० हजार, सत्तापक्षको प्रमुख सचेतक, सभापति, सत्तापक्षका सचेतक र विपक्षी दलको प्रमुख सचेतकले १८ हजार तथा सांसदले १७ हजारका दरले मासिक भत्ता पाउने प्रावधान छ ।

त्यस्तै सांसदलाई फर्निचर खर्चबापत एकमुष्ट एकरएक लाख दिने प्रावधानअनुसार सबै सांसदले उक्त रकमसमेत लिइसकेका छन् । संसद् सचिवालयले ऐनबमोजिम सबै सांसदलाई घरभाडाको रकम उपलब्ध गराएको सचिव बलराम शर्माले जानकारी दिए । ‘ऐनमा व्यवस्था भएअनुसारको रकम सबै सांसदले बुझ्नुभएको छ,’ उनले भने, ‘मेरो घर धनगढीमै छ, म लिन्न भनेर कसैले भन्नुभएको छैन ।’

संसद् सचिवालयका पदाधिकारीको सेवासुविधा तथा तलबभत्तामा मात्रै मंसिरसम्म ३ करोड ८६ लाख ३८ हजार ६ सय १२ खर्च भएको सचिव शर्माले बताए । उनले धारा र बिजुलीका लागि २ हजार र सञ्चार सुविधाबापत ३ हजार सबै सांसदले लिइरहेको जानकारी दिए । रासस