२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको विधान पारित गर्दै बैठक समापन हुने



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसले महासमिति बैठकमा पेश गरिएको विधान आज पारित गर्ने भएको छ ।

लगातार चार दिन देखिको विधान मस्यौदाको अड्चन फुकाउदै शनिबार पेश गरिएको विधान संशोधन प्रस्तावमाथि छलफल गर्दै आजै बिधान पारित गर्ने अन्तीम तयारी गरिएको हो ।

विधान संशोधन प्रस्तावमाथि छलफल गर्दै आइतबार महासमिति बैठकको समापन तथा घोषणासभा गर्ने तयारी गरेको हो । महामन्त्री तथा विधान संशोधन मस्यौदा समितिका संयोजक पूर्णबहादुर खड्काले शनिबार विधान संशोधन प्रस्ताव पेस गर्नुभएको थियो ।

विधान संशेधन प्रस्ताव संगै कांग्रेसमा अब १४ जना पदाधिकारीसहित १६८ सदस्यीय केन्द्रीय कार्यसमिति हुनेछ । जसमा सभापति, उपसभापति २, महामन्त्री २, सहमहामन्त्री ७ (समावेशी) र कोषाध्यक्ष पदाधिकारी रहने छन् ।

अन्य पदाधिकारी निर्वाचित भएपनि कोषाध्यक्षलाई सभापतिले निर्वाचित केन्द्रीय कार्यसमितिबाट मनोनित गर्नेछ ।

यसैबीच आठ दिनदेखि काठमाडौंमा जारी महासमिति बैठकबाट महाधिवेशनको चर्चा समेत सुरु भएको छ । वर्तमान नेतृत्वसँग असन्तुष्ट कार्यकर्ताहरुले महाधिवेशनको चासो राखेका हुन् ।

नेपाली कांग्रेसको विधान पारित भएसंगै महाधिवेशनको तरंगले बैधानिक रुपमै प्रवेश पाउने देखिन्छ । संस्थापनपक्षसँग तीव्र असन्तुष्टि राख्ने इतर समूह कार्यकर्ताको महाधिवेशनको भावनालाई ‘क्यास’ गर्न चाहेको देखिदैछ ।