६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्घटनाप्रति नेकपाद्वारा दुःख व्यक्त



अ+ अ-

दाङ ।  दाङको तुलसीपुर–सल्यान सडक खण्डअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–३ राम्रीमा शुक्रबार भएको बस दुर्घटनाप्रति नेपाल कम्युनिस्ट पार्टी(नेकपा) प्रदेश नं. ५ ले दुःख व्यक्त गरेको छ । नेकपा प्रदेश नं ५ का सचिव जगप्रसाद शर्माले शोक वक्तव्य जारी गरी मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्नु भएको छ ।

उहाँले दाङमा भएको दुर्घटनामा शिक्षक र विद्यार्थीको निधनले शिक्षा क्षेत्रमा अपूरणीय क्षति पुगेको भन्दै यस क्षेत्रमा पटकपटक यस्ता ठूला दुर्घटना हुने गरेकाले त्यसलाई रोक्न ध्यान दिनुपर्नेमा विज्ञप्तिमा जोड दिइएको छ ।
दुर्घटनामा २३ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । शुक्रबार अपरान्ह ४ः५० मिनेटमा कृष्णसेन इच्छुक स्मृति बहुप्राविधिक शिक्षालयका विद्यार्थी र शिक्षक चढेको बा ४ ख ९७६६ नम्बरको बस दुर्घटनामा परेको थियो । सल्यान कपुरकोटको वनस्पति उद्यान केन्द्रमा अवलोकनपछि फर्किएने क्रममा बस दुर्घटनामा परेको हो । रासस