२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्घटनाप्रति नेकपाद्वारा दुःख व्यक्त



अ+ अ-

दाङ ।  दाङको तुलसीपुर–सल्यान सडक खण्डअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–३ राम्रीमा शुक्रबार भएको बस दुर्घटनाप्रति नेपाल कम्युनिस्ट पार्टी(नेकपा) प्रदेश नं. ५ ले दुःख व्यक्त गरेको छ । नेकपा प्रदेश नं ५ का सचिव जगप्रसाद शर्माले शोक वक्तव्य जारी गरी मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्नु भएको छ ।

उहाँले दाङमा भएको दुर्घटनामा शिक्षक र विद्यार्थीको निधनले शिक्षा क्षेत्रमा अपूरणीय क्षति पुगेको भन्दै यस क्षेत्रमा पटकपटक यस्ता ठूला दुर्घटना हुने गरेकाले त्यसलाई रोक्न ध्यान दिनुपर्नेमा विज्ञप्तिमा जोड दिइएको छ ।
दुर्घटनामा २३ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । शुक्रबार अपरान्ह ४ः५० मिनेटमा कृष्णसेन इच्छुक स्मृति बहुप्राविधिक शिक्षालयका विद्यार्थी र शिक्षक चढेको बा ४ ख ९७६६ नम्बरको बस दुर्घटनामा परेको थियो । सल्यान कपुरकोटको वनस्पति उद्यान केन्द्रमा अवलोकनपछि फर्किएने क्रममा बस दुर्घटनामा परेको हो । रासस