६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाङमा भएको दुर्घटनाप्रति नेबिसंघका उपाध्यक्ष परियारद्वारा दुःख व्यक्त



अ+ अ-

काठमाडौं । दाङ जिल्लाको तुलसीपुर–सल्यान सडक खण्डअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–३ राम्रीमा शुक्रबार भएको बस दुर्घटना प्रति नेपाल नेपाल विद्यार्थि संघका उपाध्यक्ष सागर परियारले दुःख व्यक्त गरेको छ । उपाध्याक्ष परियारले दाङ जिल्लामा भएको बस दुर्घटनामा करिब २१ जनाको ज्यान गएको र दर्जनौं घाइते भएको खबर बाट म अत्यन्त स्तब्ध र दुःखित भएको भन्दै मृत आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारहरु प्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्नु भएको छ ।

दुर्घटनामा २१ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । शुक्रबार अपरान्ह ४ः५० मिनेटमा कृष्णसेन इच्छुक स्मृति बहुप्राविधिक शिक्षालयका विद्यार्थी र शिक्षक चढेको बा ४ ख ९७६६ नम्बरको बस दुर्घटनामा परेको थियो । सल्यान कपुरकोटको वनस्पति उद्यान केन्द्रमा अवलोकनपछि फर्किएने क्रममा बस दुर्घटनामा परेको हो ।