२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

महासमिति बैठकले नेविसंघको १२औँ महाधिवेशन प्रभावित



अ+ अ-


काठमाडौँ । नेपाली काङ्ग्रेसको महासमिति बैठकका कारण भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको १२औँ महाधिवेशन प्रभावित बनेको छ ।

नेविसङ्घले पुस २८ देखि ३० गतेसम्म १२औँ महाधिवेशन गर्ने गरी गाउँ, वडा, स्थानीय तह, क्षेत्र, जिल्ला र प्रदेशको निर्वाचन तोकेपनि महासमितिको बैठकका कारण अहिलेसम्म कुनै तहको निर्वाचन हुनसकेको छैन ।

लामो समयको विधान र नियमावली विवादसँगै पार्टीले विधानलाई पास गरेपछि नेविसङ्घका अध्यक्ष नैनसिंह महरले मङ्सिर १५ गते पत्रकार सम्मेलन गरी नेविसङ्घको १२औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्नुभएको थियो ।

कार्यतालिकाअनुसार मङ्सिर २२ गतेभित्र देशभरका सबै माध्यमिक तथा उच्चमध्यामिक विद्यालयमा अधिवेशन गर्नुपर्ने, मङ्सिर २५ भित्र स्थानीय गाउँ नगरको अधिवेशन गर्नुपर्ने, पुस ८ भित्र उपत्यकाभित्रका सबै क्याम्पस र विश्वविद्यालयको अधिवेशन गर्नुपर्ने, पुस १४ भित्र सबै जिल्लाको अधिवेशन गर्नुपर्ने र पुस २० भित्र सबै प्रदेशको अधिवेशन सम्पन्न गर्नुपर्ने रहेको छ ।

अध्यक्ष महरले पार्टीका नेताहरू महासमिति बैठकमा जुटेका कारण गाउँ, वडा तथा जिल्ला अधिवेशन गर्न ढिलाइ भएको बताउनुभयो । “नेविसङ्घले २५ वर्षपछि पहिलो पटक गाउँगाउँको अधिवेशन गर्न लागेको छ, त्यसैले पनि केही ढिलाइ भएको हो,”उहाँले भन्नुभयो । नेविसङ्घले १२औँ महाधिवेशनका लागि आठ लाख ५० हजार सदस्यता वितरण गरिसकेको उहाँको भनाइ छ ।

नेविसङ्घका नेता दीपक भट्टराईले महासमितिको नाममा नेविसङ्घको महाधिवेशन नगर्ने खेल भइरहेको बताउनुभयो । “महाधिवेशन नगरी आफ्नो कार्यकाल लम्ब्याउन वर्तमान नेतृत्व लागेको छ,” उहाँले भन्नुभयो । महासमितिको मुखमा आएर निर्वाचनको कार्यतालिका सार्वजनिक गर्नुले पनि निर्वाचन नगर्ने खेल भएको उहाँको भनाइ छ ।