२६ मंसिर २०८२, शुक्रबार
,
Latest
जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’ नोबेल शान्ति पुरस्कार विजेता इरानी अधिकारकर्मी मोहम्मदीलाई पक्राउ आइटिएफ टेनिसः नेपालकी शिभाली फाइनलमा एनपिएल टोली जनकपुरले क्रिकेट एकेडेमी सञ्चालन गर्ने अमेरिकाले भनेजुएली नागरिकको ‘देश निकाला’का लागि तय गरेको उडान रद्द एमाले सचिवालय बैठक : विधान महाधिवेशनमा पारित विधानका आधारमै नयाँ नेतृत्व चयन गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालिका पत्रकारिता पुरस्कार प्रदान



अ+ अ-

बागलुङ ।  कालिका भगवती गुठी व्यवस्थापन समितिद्वारा स्थापित ‘कालिका पत्रकारिता पुरस्कार–२०७४’ बाट नेपाल टेलिभिजनका जिल्ला प्रतिनिधि किरण आचार्य र रेडियो नेपालका कोपिला कँडेल पुरस्कृत हुनुभएको छ ।

आज आयोजित पुरस्कार समारोहमा बागलुङ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य डा सूर्य पाठकले आचार्य र कँडेललाई जनही रु पाँच हजारसहित प्रमाणपत्र प्रदान गर्नुभएको थियो । कालिका भगवती मन्दिरको प्रवद्र्धनमा योगदान पुर्याएबापत पुरस्कार प्रदान गरिएको समितिका अध्यक्ष राजु खड्काले बताउनुभयो ।
पुरस्कार ग्रहणपछि बोल्दै पत्रकार कँडेलले पत्रकारितामा थप क्रियाशील हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । पुरस्कार वितरण समारोहमा बोल्दै प्रतिनिधिसभा सदस्य पाठकले पुरस्कारले पत्रकारलाई उत्प्रेरणा थप्ने उल्लेख गर्नुभयो । रासस