२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

इण्डोनेसियामा ज्वालामुखी र सुनामीबाट ४३ जनाको मृत्यु



अ+ अ-


इन्डोनेसियामा ज्वालामुखी विस्फोट भएको छ । ज्वालामुखीपछी आएको सुनामीका कारण इन्डोनेसियाको जाभा र सुमात्राका आइल्याण्डमा कम्तिमा ४३ जनाको मृत्यु भएको छ ।

अनाक क्राकाटोआ नामक ज्वालामुखी बिस्फोट भएका कारण आइल्याण्डसँग जोडिएको समुद्री क्षेत्रमा सुनामी आएको हो । कम्तिमा ५ सय ८४ जना घाइते भएको त्यहाँको विपद व्यवस्थापन निकायले जनाएको छ । सो विस्फोटले समुद्रमुनि पहिरो निम्त्याएको कारण सुनामी आएको हुन सक्ने अनुमान गरिएको छ ।

धेरै मानिस अझै बेपत्ता रहेको र सयौँ भवन भत्किएका छन् । तथ्यांक संकलन भइरहेकाले ज्यान गुमाउने, घाइते तथा भौतिक क्षतिको मात्रा बढ्न सक्ने स्थानीयले बताएका छन् ।

सुनामीका कारण सन्डा स्ट्रेटका पानडेग्लाङ्ग, सेराङ्ग र दक्षिण लामपुङ्ग क्षेत्र प्रभावित भएका छन् । अनाक क्राकाटोआ नामक यो ज्वालामुखी हालैका महिनाहरूमा धेरै पटक विस्फोट भइसक्यो। ऐजेन्सी