२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

हक्कीमा नेपाललाई कास्य पदक



अ+ अ-

काठमाडौँ । नेपालको राष्ट्रिय पुरुष हक्की टोलीले पहिलो अन्तर्राष्ट्रिय सहभागितामै पदक जित्न सफल भएको छ ।

शनिबार पाकिस्तानको लाहोरमा भएको हक्की शृङ्खलामा नेपालले पहिलो सहभागितामै तेस्रो स्थान हात पार्दै कास्य पदक जित्न सफल भएको प्रशिक्षक रञ्जन थापाले जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय हक्की महासङ्घको आधिकारिक प्रतियोगितामा नेपालको राष्ट्रिय पुरुष टोलीले पदक जित्न सफल भएपछि नेपालले अब हक्कीको विश्व वरियतासमेत प्राप्त गर्नेछ ।

शृङ्खलामा नेपालसहित काजकिस्तान, उज्वेकिस्तान, अफगानिस्तान समावेश थिए । राउण्ड रोविन लिगका आधारमा खेलाइएको प्रतियोगितामा नेपालले शनिबार अफगानिस्तानलाई पराजित गर्दै कास्य जित्न सफल भएको हो । लिग चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई ४–० ले हराएको थियो ।

नेपालका तर्फबाट सागर आचार्यले दुई गोल गरेका थिए । त्यस्तै रोमन राना र राजेन्द्र कार्कीले एक गोल गरेका थिए । सागर ’म्यान अफ दी म्याच’ समेत घोषित भए । समूह चरणको पहिलो खेलमा काजकिस्तानसँग ६–१ ले पराजित नेपाल दोस्रो खेलमा उज्वेकिस्तानसँग समेत समान गोल स्कोरले पराजित भएको थियो ।

अन्तिम खेलमा भने अफगानिस्तानलाई पराजित गर्दै नेपालले कास्य जित्न सफल भयो । प्रतियोगितामा शीर्ष स्थानमा रहँदै उज्वेकिस्तानले प्रतियोगिताको उपाधि उचाल्यो । रासस